
साउन ३१ गते परेको नाग पञ्चमीमा ३८ वर्ष पछि जुर्यो यस्तो संयोग, यसो गरे मिल्ने छ लाभ एजेन्सी,२९ साउन । हरेका वर्ष साउन महिनाको शुक्ल पक्ष पञ्चमीको दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस वर्षको नाग पञ्चमी साउन महिनाको ३१ गते परेको छ । यस वर्ष उदय कालिक कुण्डलीमा राहुकेतु कर्कोटक नामको पूर्ण कालसर्प योग बन्दै छ। जसको कारण यस वर्षको नाग पञ्चमीको महत्व बढेर गएको छ। धार्मिक मान्यता अनुसार कुण्डलीमा भएको कालसर्प दोष हटाउनको लागि यो वर्षको नाग पञ्चमी निकै शुभ रहेको छ । नाग पञ्चमीको दिन ९ नागको पूजा गरि ऊँ नमः शिवायको मन्त्र जप गरे लाभ हुने भएको छ । बिहीबार परेको नाग पञ्चमी पर्नुलाई शुभ मानिएको छ । यस दिन कर्कोटको कालसर्प योग बन्ने हुँदा यस दिन धेरै महत्वपूर्ण हुने पाइएको छ । ३८ वर्ष पछि बनेको यसतो योग धेरैको लागि ठूलो हुनेछ । नागलाई भगवानको रुप मानेर पूजा गर्ने चलन रहेको छ । यस दिन प्रसिद्ध मन्दिरहरुमा पनि भक्तजनहरुको निकै भिड लागने गर्छ ।
Comments
Post a Comment