Skip to main content
निर्मला हत्या प्रकरण : बम दिदिबहिनी पक्राउ ! एसपीका छाेरा र मेयरका भतिजा पक्राउ परेकाे कुरा लुकायाे प्रहरीले
काठमाडाैं । १३ वर्षीया निर्मला पन्त हत्याकाे घटनाबारे एक पछि अर्काे विवरण खुलेपछि प्रहरीले निर्मला किताब लिन गएकाे घरका दिदिबहिनीलार्इ पक्राउ गरेकाे छ ।
वर्ष २२ की दिदि अनिता बम र निर्मलाकी साथी वर्ष १४ कि राेशनी भनिने अाँचल बमलार्इ पक्रेकाे केन्द्रीय प्रहरी प्रवक्ता एवं एसएसपी शैलेश थापा क्षत्रीले हाम्राकुरालार्इ जानकारी दिए । कञ्चनपुर प्रहरीले भने याे जानकारी दिन मानेन ।
सीडीअाेले अधिकारकर्मीलार्इ प्रशासनमा अल्झार्इरहेका बेला दिदिबहिनी पक्राउ परेका हुन् ।
उनीहरूसहित प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छाेरा र नेकपाबाट निर्वाचित भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालार्इ पनि पक्राउ गरेकाे बतार्इएकाे छ । प्रहरी प्रवक्ता र कञ्चनपुर प्रहरी दुबैले याे कुरा भने लुकाएका छन् ।-हाम्राकुरा
Comments
Post a Comment