श्रीमानलाई छुटाउन लाखौं नगद र एक रात प्रहरिले मागेपछी



भारतको राजस्थानको जोधपुरस्थित राजीव गान्धी नगरको पुलिस थानाका प्रहरी प्रमुख भने संगीन अपराधमा पक्राउ परेका छन् । भ्रष्टाचार निरोधक ब्युरो (एसिबी)ले थाना प्रमुख कमलदान चारणलाई चौकीमा पति छुटाउन आएकी महिलासँग घुस लिएको र एक रात बिताउन शर्त राखेको आरोपमा पक्राउ परेको छ ।

कमलले लागुपदार्थसहित पक्राउ परेका पंकज वैष्णवका पत्नीलाई छुटाउन २ लाख रुपैयाँ र एकरात बिताउन सम्झौता गरेको आरोपमा पक्राउ परेका हुन् । आफ्नो श्रीमान छुट्याउन महिलाले एक लाख रुपैयाँ नगद दिइएको बुझिएको छ । एकलाख रुपैयाँ पाएपछि कमलले एकरात बिताउन सामाजिक सञ्जाल वाट्सएपमार्फत कुरा गरेपछि पीडितले थानाधिकारी कमलसँग भएको कुराकानी रेकर्ड एसिबीमा पठाएपछि पक्राउ परेका हुन् ।

Comments