
मलेसियामा एक नेपालिको दुखद अवस्था
" तालु अस्पताल मा छ जोड्न पैसा पुगेन"
दाङ तुलसीपुर का डम्बर बस्नेत बर्स ३१ का मलेसिया केलागवातु अस्पतालमा बिगत सढे ३ बर्सदेखी कार्यरत थिए।आमा बुबा दुई दिदिबहिनी साथै श्रीमति र एक सानी छोरी लाई छोडेर कमाइका लागि मलेसिया आएका थिए।राप्ती बबइ बहुमुखी क्याम्पस मा बिएड सम्म पढेक बस्नेत घर मा हुदा राजनितीक गतिबिधिमा सम्लग्न थिए। नेपाली काग्रेस का अनुयायी भएर निकै हिड्ने गर्दथे।मलेसियामा हुने आफ्ना साडु दाइले राम्रो कमाइ गरेको थाहा पाए पछि उनको मन पनि बिदेस जान तुलबुल भयो।नेपाल को बेरोजगारी को समस्या अनि घर परिवार मा कलह किचलोले गर्दा उनी बिदेस जाने निर्णय गर्दै अतत बिदेसिने निर्णय गरे। अन्तर्राष्ट्रिय बैक मा जग्गा धितो राखेर म्यानपावर लाई एक लाख १० हजार तिरेर मलेरिया आए।
साडु दाइ सगै काम गर्न थालेका बस्नेत जनवरी २९ तारिख काम मा थिए। एक हप्ता सम्म को रासन किन्नु पर्ने भएकाले साडु दाइ लाई तपाईं आउदै गर्नुहोस भनेर उनी बजार तिर लागे। बजार नपुग्दै उनलाइ मोटरसाइकल ले ठक्कर दियो र उनी बिहोस भए। दुर्घटना पछि मोटर चालक भागेनन। मोटर चालकले तुरुन्तै एम्बुलेन्स बोलाएर बस्नेत लाई नजिकै रहेको केलाग हस्पिटल मा एड्मीड गर्दै बस्नेतका साथी र कम्पनी मा सम्पर्क गरिदियो।केलाग को सामन्य उपचार पछि बस्नेतको होस खुल्यो। उनि होसमा आएपछी आफ्ना साडु दाइलाइ नजिकै देखेरगहभरी आँसु बनाए तर हलचल गर्न सकेनन।
केलाग हस्पिटलको सामन्य उपचार पछि सुगाइबुलो हस्पिटल रिफर गरियो। बस्नेत सगै उनका साडुदाइ प्रभात ओलि पनि हस्पिटल मा एडमिड भए। हस्पिटल पुग्दा बिहानको ४ बजेको थियो। डाक्टर हरुको चेकजाँच पछि उनको गिदिमा रगत जमेकाले तत्काल अप्रेसन गर्नुपर्ने बताए पछि बस्नेतका साडु दाइले पनि अप्रेसनको सुइकृती दिए। हस्पिटल को सबै प्रक्रिया पूरा भए पछि बस्नेत लाइ ७ बजे बिहान अप्रेसन थ्रेटरमा लगिएका बस्नेर दिउँसो १ बजे मात्र बाहिर निकालियो।
दुर्घटना हुँदा गिदीमा रगत जमेको र त्यसलाई हटाउन तालुको बाहिरी भाग निकाल्नुको विकल्प नभएको डाक्टरले बताए । अपरेसनपछि अस्पतालले पुनः पहिलाको केलाग अस्पतालमा पठाइदियो । आईसीयूमा चार दिन राखेपछि बस्नेतको होस खुल्यो । तर, उनले पछिल्लो साढे तीन वर्षका कुराहरु सबै बिर्सिए । पहिले दाङमा हुँदाका कुराहरु मात्र सम्झन थाले । वर्तमानभन्दा पनि विगतका कुराहरु मात्र उनको दिमागमा आइरहे । मानसिक अबस्था कम्जोर भएका बस्नेत ले बिस्तारै मान्छेहरु चिन्न थाले । दुर्घटना भएको २८ दिन पछि बस्नेत हस्पिटल बाट डिस्चार्ज भए।
दुर्घटना भएको दिनदेखि स्याहार सुसार उनका साडु दाइ ले गर्दै आएका छन।अस्पतालमा लागेको करिब २० हजार रिङरेट ( करिब ५ लाख रुपिया )इन्स्योरेन्स कम्पनिले बिहोरेको छ। आज सम्म को हस्पिटल को खर्च सबै इन्स्योरेन्स कम्पनिले बिहोरेको छ। कम्पनिले अक्टोबर सम्म को मेडिकल रेस्ट पनि दिएको छ।बस्नेतको तालु हस्पिटल को विशेष निग्रानिमा राखिएको र उत्क तालु ( निदारको हड्डि ) ६ महिना देखि ९ महिना सम्ममा जोड्नुपर्ने डाक्टर हरुले बताएका छन।
ओलिका अनुसार अहिले बस्नेत को तालु ( निदारको माथिल्लो भाग को हड्डी ) जोड्नका लागि जुलाइ २३ तारिख को डेट तोकिए पनि पैसाको अभाब ले अप्रेसन सम्भब भएन।डाक्टर हरुका अनुसार अब सेक्टेम्बर १४ सम्ममा जसरी भए पनि उक्त अप्रेसन गरेर निदारको माथोल्लो भागको हड्डी जोड्नु पने बताएका छन। सेक्टेम्बर १४ तारिख अप्रेसन नभए डाक्टर जवाफ देहि नहुने डाक्टर को परामर्स छ।
नेपाल लगेर उक्त अप्रेसन गर्न नमिल्ने रहेछ। हाल उनको अप्रेसनको लागि कतिब २६ हजार रिङरेट करिब ७ लाख ) जम्मा गर्नुपर्ने हस्पिटल ले जनाएको छ।
आज बस्नेत लाइपरेको बिपत्ती भोलि तपाईं हामिलाइ पनि पर्न सक्छ। तेसैले मलेसिया बासी नेपाली दाजुभसी दिदी बैनी हरु सम्पुर्ण ले एक दिनको खाजा खर्च कटौती गरेर भए पनि बस्नेत लाई आफ्नो स्थान बाट सकेको सहयोग गरौ। हाम्रो परिवार जस्तै बस्नेतको पनि परिवार लाई सहयोगको अबस्यकता छ। हाम्रो सानो सहयोगले ती सानी छोरीको ओठमा हासो र बाबू आमाको आँसु पुछन मदत मिल्नेछ। तपाइहरुलाइ बिस्वास नलागे तलका सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नम्बर
0162491773
0166045680
हाल केल स्थित कोत्राया
Comments
Post a Comment