
उपमहानगरपालिकाले गर्ने कामलाई गुण र दोषको आधारमा स्वागत, समर्थन, सहयोग र बिरोधको नीति लिएर एक वर्षसम्म कुनै बिरोध नगरेको काग्रेसले उपमहानगरले बढाएको करको बिरोधमा भोली बुटवलमा सभा र प्रर्दशन गर्ने भएको छ ।
काग्रेसले भोली बिहान ११ बजे अस्पताल लाइनमा हुने बिरोध प्रर्दशनमा सहभागि हुन आफना कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । काग्रेसको हिजो बसेको बैठकले करको बिरोधमा प्रर्दशन र सभा गर्ने निणर्य गरेको हो ।
उपमहानगरपालिकाले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागि हुदा सधै बुटवलको बिकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउने काग्रेस नगर सभापति खेलराज पाण्डेले जनताले तिर्न नसक्ने गरी त्यो पनि सरोकारवालाहरुसंग व्यापक छलफल बिना अत्यधिक कर बढाएकाले बाध्य भएर सडकमा उत्रिनु परेको बताउनु भयो ।
पाण्डेले भन्नुभयो हामीले सहयोग मात्रै गर्न पाईयोस भन्ने थियो तर बिगतमा १० हजार कर तिर्नेले अहिले ३५ हजार कर तिर्नु परेको छ पार्टी कार्यालयमा कर बढेका प्रमाण सहितका गुनासा आएका आई छन ।
उहाले अव्यवस्थित बसोवास गर्नेहरलाई लालपुर्जा बितरण गर्नै लागे जस्तो गरेर कर लिन लागेको भन्दै त्यसप्रति पनि आपत्ति जनाउनु भयो ।उपमहानगरपालिकासंग करका सम्वन्धमा जानकारी माग गर्दा वेभ साइडमा राखिएको छ भन्ने गैर जिम्मेवार जवाफ दिने गरेको बताउनु भयो ।
Comments
Post a Comment