तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व मध्येको ‘ट्होंटे’ पर्व पोखरामा आज भव्यताका साथ मनाइएको छ । उभौली र उधौली ट्होंटेका रुपमा वर्षको दुई पटक चैत र साउनको अन्तिम मंगलबार यो पर्व धुमधामले मनाउने प्रचलन छ । तमु धीं नेपालको आह्वानमा पोखराका टोल÷टोलबाट ब्यानर, झाँकी, विभिन्न जनावारदेखि भूत, प्रेत स्वरुपका मुकुण्डो, कालोमोसो, हातहतियार, बाजागाजाका साथ तमु समुदायका सर्वसाधारण ट्होंटेमा उपस्थित थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मनहादुर गुरुङ र हरिशरण आचार्य, तमु धीं नेपालकी अध्यक्ष कर्म तमु, जनजाति महासङ्घ कास्कीका अध्यक्ष धर्म गुरुङ, तमुधी नेपाल कास्कीका द्वितीय उपाध्यक्ष हुम गुरुङ लगायतले ट्होंटे पर्वको महत्व लगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभयो ।
-रासस
Comments
Post a Comment