हेर्नुस् कांग्रेसको सानदार जीत, सबै उम्मेदवार विजयी, कम्युनिस्ट पछारिए


पोखरा – उखानटुक्का र गफ सुनाएर चुनाव जितेका कम्युनिस्ट पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियता पछिल्लो समय घट्दै गइरहेको सर्वविदितै छ ।

घट्दो मात्रै नभएर प्रधानमन्त्री ओलीका कारण कम्युनिस्टहरूले सर्वनाक हार व्यहोर्नुपर्ने अवस्था छ । त्यसपछि पछिल्लो उदाहरण बनेको छ पोखरामा सम्पन्न उच्च अदालत बार एसोसिएसनको निर्वाचन ।

उच्च अदालत वार एसोसिएसन पोखरामा कांग्रेस निकट कानून व्यवसायीको संस्था डेमोक्रेटीक लयर्स एसोसियसन (डीएलए) का सबै उम्मेदवार विजयी भएका छन् ।



शनिवार सम्पन्न भएको निर्वाचनबाट लोकतन्त्रवादी कानून व्यवसायी समूह डीएलएका अध्यक्षको उम्मेदवार रोहित बास्तोलाको प्यानल नै विजयी भएको हो । डीएलएका उम्मेदवारको विरुद्ध सत्तारुढ नेकपा निकट कानून व्यवसायीको प्यानल खडा भएको थियो ।

प्रदेश नम्बर ४ को पेशागत संस्थामा काँग्रेस निकट कानुन व्यवसायीको यो जीतलाई कांग्रेस वृत्तमा महत्वका साथ हेरिएको छ । लज्जास्पद हारपछि कम्युनिस्ट निकट उम्मेदवारले मुख लुकाउनुपर्ने अवस्था आएको छ ।

Comments