बच्चालाई अपहरण गरी हत्या गर्नेलाई नमारेर के अभिनन्दन गर्नुपर्थ्यो त? :सांसद झाक्रीको प्रश्न



घरमा बसेको बच्चालाई अपहरण गरी मार्नेलाई के अभिनन्दन गर्नुपर्थ्यो? अबोध बालकका हत्याराको मानव अधिकार रे? मानव अधिकारको आवरण भित्र के अपराध छुप्न सक्छ?मेरो प्रश्न ?

समाजमा निर्दोश ब्यक्तिहरूको हत्या गर्ने, अपहरण गर्ने र पैसा असुल्ने अपराधिको पक्षमा पक्षमा बोल्ने हरूको नाममा: कतै मैले गरेको कमेन्ट हो यो ।

हो न म चरीको मानव अधिकार थियो भन्ने मान्न सक्छु न त घैटेको वा मनोज पुनको नै। समाजका यस्ता अपरहणकारी, हत्यारा र अपराधिलाई बाच्ने सुबिधा दिनुपर्छ भन्ने लाग्दै लाग्दैन।

म बढो आत्मविश्वास साथ भन्न सक्छु; अपहरणकारी र हत्यारालाई ठाउका ठाउँ ईन्काउन्टर दिनु पर्छ। कुरा कतै मोड़नु नै पर्दैन। किन की कुरा सिधा छ। आज हत्यारा अपहरणकारीको पक्षमा बोल्नु भनेको पनि अपराध नै हो।

केहीले तर्क गर्छन की प्रमाण मासियो रे । अपराधशास्त्रको सामन्य सिद्धान्त अनुसार हेर्दा यो कुनै संगठित अपराध होईन, यिनका पछाडी संगठित गिरोह भएको अबस्था पनि होईन।

सामन्य गरीव पृष्ठभूमीको परिवारको बच्चा हुन निसान। उनका बाबुले मलेसियाबाट पैसा पठाएको थाहा पाएर निसानको आमासंग पैसा छ थोरै धेरै भन्ने जानेर नै त्यो पैसा आफ्नो हातमा पार्ने उदेश्य र अपराधिक मानसिकताले बच्चाको अपहरण गरेको देखिन्छ । सुरूमा थोरै धेरै पैसाको/फिरौती कै लागि अपहरण गरेका छन ।

तर बच्चाले अपरहणकारीलाई चिनेकोले भोली पैसा लिएर छोड्दा आफू फसिन्छ भनेर नै प्रमाण नास गर्न त्यो बच्चाको हत्या गरेका छन।

त्यसैले उनिहरूलाई ईन्काउन्टर गर्नु सर्वथा ठिक हो । यदि यस पटक उनिहरू उम्केको भए अझ ठूला अपराधि भएर निस्कन्थे।पेसेवर हुन्थे ।



(नेकपा सांसद राम कुमारी झाक्रीको फेसबुक वालबाट साभार गरिएको -सं)

Comments