सुपरस्टार नन्दमुरी हरिकृष्णको मृत्युमा पुलिसको यस्तो आश्चर्यजनक बयानले मच्चियो तहल्का !

सुपरस्टार नन्दमुरी हरिकृष्णको मृत्युमा पुलिसको यस्तो आश्चर्यजनक बयानले मच्चियो तहल्का !
एजेन्सी : दक्षिण भारतीय फिल्म उद्योगका चर्चित हिरो तथा पूर्व मुख्यमन्त्री एनटी रामारावका छोरा, अहिलेका दुई सुपरस्टार नन्दमुरी कल्याण राम र जुनिएर एनटीआरका पिता तथा अर्का सुपरस्टार नन्दमुरी बालकृष्णका दाजु नन्दमुरी हरिकृष्णको मृत्युको विषयमा प्रहरीले निकै आश्चर्यजनक खुलासा गरेको छ ।

नन्दमुरी हरिकृष्णको बुधबार कार दुर्घटनामा मृत्यु भएको थियो । उनी आफैं पनि दक्षिण भारतीय फिल्मका स्टार र राजनीतिका समेत चर्चित व्यक्ति थिए ।
हरिकृष्ण एक विवाह समारोहमा सहभागी हुन नेल्लुर जाँदै गर्दा कार दुर्घटनामा मृत्यु भएको थियो । अगाडि रहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा कार दुर्घटना भएको थियो । नालगोंडाका एसपी रंगनाथका अनुसार नन्दमुरीको कारको गति निकै तीब्र थियो र उनले सिट बेल्ट पनि लगाएका थिएनन् । अन्य गाडीसँग ठोक्किएपछि उनको कार टाढा गएर पल्टियो । उछिट्टिदा कारका ढोका खुले र सबैलाई चोट लाग्यो । प्रहरीका अनुसार यदि नन्दमुरीले सिट बेल्ट लगाएको भए उनलाई चोट कम लाग्थ्यो र शायद उनी बच्न सक्थे ।

नन्दमुरीले अगाडिको गाडीलाई ओभरटेक गर्ने क्रममा पानीको बोटल मागे र सडकमा भएको हल्का मोडलाई ध्यान दिन सकेनन् । नन्दमुरीले कार मोड्ने कोसिस त गरे तर कारमा उनको नियन्त्रण रहेन । यही कारण यनको कार बेरियलसँग ठोक्कियो । सिसिटिभी फुटेजबाट प्रहरीले कारको स्पिड पत्ता लगाउने कोसिस गरिरहेको छ । कारमा नन्दमुरीका २ साथी पनि थिए । उनीहरुलाई भने धेरै चोट लागेको छैन । नन्दमुरीका जेठा छोरा जानकीरामको कार पनि यही जिल्लामा दुर्घटना भएको थियो र उनको पनि मृत्यु भएको थियो ।

Comments