चलचित्र ‘कायरा’ प्रदर्शनमा आएको केही दिनमै साम्राज्ञीलाई लिएर युएइ गए आर्यन (भिडियो)


चलचित्र ‘कायरा’ प्रदर्शनमा आएको हप्ता दिन नपुग्दै अभिनेता आर्यन सिग्देल अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाईसँगै लिएर युएइ गएका छन्।

आफ्नै फिल्म प्रदर्शनमा आईरहेका बेला फिल्मका नायक नायिका विदेश जाँदा अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपि, अभिनेता सिग्देलले युएइका विभिन्न सहरमा प्रदर्शन हुन लागेको कायराको प्रदर्शनको लागि विदेश उड्न लागेको जानकारी गराए।

उनले फिल्मको प्रमोशन पश्चात् केही दिन मै स्वदेश फर्किने जानकारी गराए। उनले फिल्ममा केही प्राविधिक समस्या देखिएकाले छिट्टै नयाँ भर्षनमा फिल्म प्रदर्शनमा आउने र २ घण्टा ५ मिनेट दर्शकले मज्जाले बुझेर मनोरञ्जन लिने पनि बताए।

(भिडियो हेर्नुस्)

Comments