कति कमाउँछन् प्रियंका र निक जोनस ? उनीहरुको बार्षिक आम्दानी सुनेर तपाई छक्क पर्नुहुनेछ !


बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसबीच इंगेजमेन्टको चर्चा बलिउड सिनेवृत्तमा सर्वाधिक चर्चाको विषय बनेको छ। विशेषगरी यो जोडीको उमेरलाई लिएर चर्चा चुलिएको हो।

प्रियंका बलिउड क्षेत्रकी चर्चित अभिनेत्री हुन् भने पछिल्ला २ वर्ष उनको हलिउडमा पनि सशक्त उपस्थिति रहँदै आएको छ। जोनस पनि हलिउडका चर्चित गायक हुन्। कमाइका हिसाबमा जोनस र प्रियंका धेरै अगाडि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ। जोनसको गत वर्षको कुल आम्दानी २५ मिलियन अमेरिकी डलर रहेको थियो।

फोर्ब्स म्यागजिनको रिपोर्ट अनुसार सन् २०१७ मा प्रियंकाको कमाइ विश्वका सर्वाधिक बढी कमाउने महिलामध्ये ९७औँ नम्बरमा परेको थियो। रिपोर्ट अनुसार उनको कमाइ भारतीय रुपैयाँ ६४ करोड रहेको छ।



यसरी यी नव दम्पतीको कुल आम्दानी २ सय करोड भारतीय रुपैयाँभन्दा बढी हुन्छ। गत अगस्ट १८ मा इन्गेज्मेन्ट गरेको यो जोडी आउँदो अक्टोबर विवाह बन्धनमा बाँधिने सम्भावना रहेको सञ्चारमाध्यमहरुमा उल्लेख छ। तर उनीहरुको विवाह अमेरिकामा वा भारतमा हुनेबारे खुलाइएको छैन।

Comments