अमेरिकी सिनेमा तथा टेलिभिजनका ख्याति प्राप्त अभिनेता रिचर्ड गेरे यति बेला चर्चामा आएका छन्। एजेन्सीका अनुसार ६८ वर्षका उनी अब छिट्टै पिता बन्दैछन्।
खबरअनुसार उनकी ३५ वर्षीया पत्नी ऐलेजेन्ड्रा सिल्वा गर्भवती छिन्। यसको खुलासा एबीसी समाचारपत्रले गरेको हो। गेरेले यही वर्षको अप्रिलमा मात्र ऐलेजेन्ड्रासँग विवाह गरेका थिए। उनीहरू सन् २०१५ देखि एकअर्कासँग डेट गरिरहेका थिए। रिर्चड अमेरिकी सिनेमामा ४० वर्षदेखि सक्रिय छन्।
उनले सन् १९९९ मा संसारका सबैभन्दा कामुक पुुरुषको उपाधि पनि पाएका थिए।
Comments
Post a Comment