महोत्तरी । महोत्तरीको औरही बजारमा रहेको एक किराना पसलेकी ९ महिने दुधे बालिकाको अपहरणपछि हत्या भएको छ।
औरही नगरपालिकाको वडा नम्बर १ मा पर्ने औरही बजारका किराना पसले सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको हत्या भएको प्रहरीले जनाएको छ।
मृत बालिकाको शव सोमबार दिउँसो फेकु चौधरीको आँप बगैंचामा फेला परेको छ भने घटनाको विरोधमा स्थानीय व्यापारिले औरही बजार बन्द गराएका छन्। बालिकाको शरीरभरी नील डाम देखिएको छ।
आइतबार साँझ खेलाउने बहानामा भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले बालिकालाई अपहरण गरेको पारिवारले जनाएको छ।-internetkhabar
Comments
Post a Comment