शिक्षिकाको हत्या गरि टाउको लिएर गाउँमा नाच्दै हिँडेपछि गाउँमा भागाभाग !



भारतमा हत्याको घटना बाहिर आइरहनु कुनै नाउको कुरा रहेन तर यहाँ पछिल्लो एस्समय अचम्म-अचम्म लाग्ने हत्याको घटनाहरु बाहिरिरहेको छ। केही दिन अगाडी मात्रै एकै परिवारका ११ जनाको एकै घरमा सव फेला परेको थियो। उक्त घटना सेलाउन नपाउंदै फेरी एक हत्याको घटना बाहिरिएको छ। भारतको झारखण्डस्थित सरायकेला–खरसावाँ जिल्लामा एक युवकले ५० वर्षीया शिक्षिकाको हत्या गरेको खुल्न आएको छ। आरोपी युवकले ५० वर्षीया शिक्षिकाको टाउको काटी हत्या गरेको साथै काटिएको टाउको लिएर गाउँमा दौडिएको समाचारले अहिले भारतमा सनसनी मच्चाई दिएको छ।

टाउको लिएर गाउँमा दौडिएको देखेर गाउँमा भागाभाग समेत चलेको थियो। शिक्षिका सुकरू हेसा विद्यार्थीहरूलाई फिजिकल ट्रेनिङका बारेमा जानकारी दिइरहेको समयमा आरोपी हरि हेम्ब्रामले तरवार सहित शिक्षिका माथि धावा बोलेको प्रतक्ष्यदर्शीहरुले भारतीय प्रहरीलाई जानकारी गराए।

एक्कासी आरोपी खपरसाय मिडल स्कूलमामा चिच्याउँदै प्रवेश गरि शिक्षिकालाई भुइँमा लडाएर तरवारले टाउको चिनाएको बताइएको छ। शिक्षिकाको घटनास्थलमा नै मृत्यु भएको थियो भने आरोपी हेम्ब्रामले त्यसपछि तरवार र काटिएको टाउको लिएर गाउँमा दौडिन शुरु गरेको बुझिएको छ।प्रहरीका अनुसार आरोपिको खोजि कार्य जारि रहेको छ भने आरोपी मानसिक रोगि हुने समेत भारतीय प्रहरीको बुझाइ रहेको छ।

-एजेन्सी

Comments