परिवारको खर्च जोहो गरिदिने एकमात्र छोरा प्रहरीले इन्काउन्टर गरेपछि आमा रुँदै न्याए माग्न आइन मिडियामा (हेर्नुहोस् पुरा भिडियो)
सिन्धुपाल्चोकको ज्यामिरेबाट रोजगारका लागि काठमाडौं आएका गणेशबहादुर र चमेली खड्काको दैनिक गुजारा चलेकै थियो। एक्लो सन्तान निसान हुर्कँदै गएपछि उसको भविष्यले पिरोल्न थालेपछि गणेश वैदेशिक रोजगारीका लागि मलेसिया गए। चमेलीले काँडाघारी मनोहरा खोला छेउको एउटा सटरमा खाजा पसल चलाउन थालिन्।
निसानलाई पढाएर ठुलो मान्छे बनाउने गणेश र चमेलीको सपना थियो। तर आइतबार निसानलाई आफैले खाना खुवाउने गोपाल तामाङ र अजय तामाङले बिभत्स हत्या गरेपछि गणेश र चमेलीको सपना भताभुङ्ग भएको छ। गणेश मलेसियामै भएकाले चमेलीले निसान गुमाउनुको पीडा प्रत्यक्ष एक्लै भोगिरहेकी छन्।
उता, निसानको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीबाट मारिएका गोपालकी आमा छिन्डोमा र बाबु सुकराम तामाङका आँखा सोमबार अपरान्हदेखि ओभाएका छैनन्। दुबैले जेठो सन्तान गुमाएका छन्। परिवारका बाँकी सदस्यको खर्च जोहो गरिदिने परिवारको एकमात्र कमाउने गोपाल मारिएको छ।
एउटी आमा जसले सन्तानको उज्ज्वल भविष्यको सपनामा दिनरात जुठा भाँडा माझेर उसका सबै इच्छा पुरा गरेकी थिईन, छोरा गुमाईन्। अर्की आमा जसको खर्च धानेको छोरा सँधैको लागि गुमेको छ। फरक यथार्थ बोकेका यी दुई आमा चमेली र छिन्डोमाको पीडा भने एउटै छ, दुबैले सन्तान गुमाएका छन्।
Comments
Post a Comment