काठमाडाैँ । सप्तरीमा २० वर्षको एक युवती ७ जनाको समूहबाट बलात्कृत भएकी छिन । मेला हेरेर फर्केकी ती युवती सामूहिक बलात्कारमा परेकी हुन । रक्षाबन्धनको दिन खड्ग नगरपालिकाको अर्नाहामा लागेको मेला हेरेर घर फर्किने क्रममा ७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी २० वर्षकी ती युवतीले प्रहरी कार्यालयमा उजुरी दिएकी छिन ।
मदिरामा मातेका युवाहरूले अाफूलार्इ एकान्तमा लगेर बलात्कार गरेको ती युवतीले प्रहरीमा दिएको वयानमा उल्लेख गरिएको छ । सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार युवतीको उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि स्थानीयवासी अँध्यारोमा
जाजरकोट – बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका छ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन् ।बाढी पहिरोले आठ किलोवाटको सिलिपलाउन लघुजलविद्युत्, १५ किलोवाट सिलिपलाउन स्याँला धर्मशाला लघुजलविद्युत्, ४५ किलोवाटको बागमारे लघुजलविद्युत्, १५ किलोवाटको झुमराखोला लघुजलविद्युत्, १६ किलोवाट लहरेखोला लघुजलविद्युत् र १३ किलोवाट लहरे लघुजलविद्युत् आयोजनाको नहर र विद्युत् उत्पादनगृहमा क्षति पु¥याएपछि पूर्णरूपमा विद्युत् सेवा अवरुद्ध भएको हो ।बाढीले सबै लघुजलविद्युत् आयोजनाको दुई सयदेखि तीन सय मिटर पक्की नहर बगाएको वडा नं ४ का अध्यक्ष प्रचण्ड ओलीले बताउनुभयो । विद्युत् आपूर्ति बन्द भएपछि नलगाड नगरपालिका २, ३, ४ र ५ वडाका चार हजार घरपरिवार विद्युत् सेवाबाट बञ्चित भएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । नलगाडअन्तर्गतका घुवारा, पीपलचौर, खन्टाकुरा, थाप्ला, कालिमाटी बजार, दल्लीलगायतका बासिन्दा विद्युत् उपभोगबाट वञ्चित भएका हुन् ।विद्युत् अभावमा स्थानीय बासिन्दाका साथै सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालयलगायत सङ्घसंस्थाको काम प्रभावित भएको छ । बाढी र पहिरोबाट यहाँका ८२ घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । नलगाड नगरपालिकामा मात्र ५५ वटा घट्ट, सयाँै मुरीको धान खेतसमेत बाढीले बगाएको छ ।
Comments
Post a Comment