
बलात्कारपछि हत्या गरीएकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरेको अभियोगमा पक्राउ परेका ४१ वर्षीय दिलिपसिंह विष्ट भेनाजुका पनि हत्यारा रहेको खुलेको छ ।भेनाजुको हत्या गरेर नौ वर्षसम्म जेल सजाय काटेपछि उनी २०७४ मा कारागारबाट निस्केका थिए । तर कारागारबाट निस्केको वर्ष दिन पनि नबित्दै उनले बालिकाको बलात्कार जस्तो जघन्य अपारध गरेर घटना लुकाउन ज्यानै लिए ।
बालिका निर्मलालाई साउन १० गते नियन्त्रणमा लिएर बलात्कारपछि घटना लुकाउन हत्या गरेको बयान पनि भीमदत्त नगरपालिका–१९ का यी युवाले प्रहरीसमक्ष दिएका छन् ।आइतवार राति करिब आठ बजेको समयमा निर्मलाको ज्यान लिएको स्थानबाट करिब ५० मिटरको दुरीमा हातमा लठ्ठी लिएको अवस्थामा पक्राउ परेका उनले प्रहरीसँगको बयानमा घटना सकारेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी डिल्लीराज विस्टले जानकारी दिए ।
साउन १० मा बालिकाको हत्या भएपछि प्रहरीले गरेको लामो अनुसन्धानका क्रममा यसअघि पनि दिलिपसिंह प्रहरी हिरासतमा परेका थिए । तर सामान्य केरकारपछि उनी त्यो बेला रिहा भएका थिए ।
दिलिपसिंहले प्रहरीसमक्ष घटना स्वीकारे पनि सोमबार अदालतमा पेश गरिँदा उनले घटना नकारेको जिल्ला अदालत कञ्चनपुर स्रोतले जानकारी दिएको छ । प्रहरीले उनलाई १० दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।
Comments
Post a Comment