यसरी पकाउनुस फर्सिको मुन्टाको तरकारी तपाईंले सधै बनाएको भन्दा सयौं गुना मिठो हुन्छ



यसरी पकाउनुश फर्सिको मुन्टाको तरकारी तपाईंले सधै बनाएको भन्दा सयौं गुना मिठो हुन्छ

भिडियो अन्त्यमा छ ,……….

ओमानमा बङ्लादेशी नागरिकद्वारा नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार

ओमानमा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार भएको छ । ओमानको मावेलामा बंगलादेशका ६ जना नागरिकले नेपाली युवतीको अपहरण गरी सामुहिक बलात्कार गरेका हुन् ।उनीहरुले बलात्कारपछि हत्याको योजना बनाइरहेका बेला ओमानको प्रहरीले उद्धार गरेको छ । १६ महिना अघि घरेलु महिला कामदारको रुपमा ओमान पुगेकी उनी ८ महिना स्पोन्सरको घरमा काम गरेर भागेकी थिइन ।

उनलाई एक जना बङगाली नागरिकले राम्रो काम लगाइदिन्छु भन्दै शुक्रबार दिउँसो मस्कटबाट झण्डै २० किलोमिटर टाढा मावेलामा पुर्याएपछि अरु पाँच जना साथीलाई जिम्मा लगाएका थिए ।

शुक्रबार राती बलात्कार गरेको र शनिबार बिहान मारेर फाल्ने योजना बनाउँदै गर्दा एउटा निर्माणाधिन भवनको शौचालयबाट उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बलात्कारपछि घटना सार्वजनिक हुने डरले आफ्नो हत्या गर्न खोजेको पीडितले बताएकी छिन् ।समुहमा रहेका मध्ये एक व्यक्तिले मार्नु हुँदैन भनेर भनेपछि उनीहरूबीच विवाद भएको र त्यही विवादका क्रममा भागेर शौचालयमा लुकेर प्रहरीलाई खबर गरेको पीडितको भनाइ छ । खबर गरेको २० मिनेटमा प्रहरी आउँदा बलात्कारमा संलग्न व्यक्ति भागिसकेका थिए ।

युवतीको झोलामा रहेको केही नगद पनि उनीहरुले चोरेका छन् । प्रहरीले उद्दार गरेपछि पीडित युवती एनआरएनए ओमानको सम्पर्कमा आएको अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । ‘मृत्युको मुखबाट जोगिएकी पीडित युवती अहिले प्रहरीको संरक्षणमा छिन्, अपहरणकारी फरार छन्, प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अपहरणमा संलग्न बंगाली नागरिकलाई खोजेर कारवाहीका लागि पहल गर्न नेपाली दूतावासलाई लिखित निवेदन समेत दिएका छौ ।’घटनाबारे जानकारी पाएको र त्यसबारे थप प्रक्रिया सुरु गरेको नेपाली दूतावास ओमानले जनाएको छ ।

यो पनि पढनुहोस :
रत्ननगर– चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैँडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर) मा ल्याएर राखिएको छ ।निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरीया मुहानबाट शनिबार साँझ ६ बजे नियन्त्रणमा लिइएको गैँडाको बच्चा (केटो) लाई राति ११ः३३ बजेको समयमा पिट बोमामा ल्याएर राखिएको हो । केटोलाई काठको खोरमा राखेर पिकअप भ्यानबाट सौराहा ल्याइएको थियो । गैडामात्रै अट्ने निश्चित आकारको खाल्डोमा चारैपट्टि काठैकाठले घेरेर बनाइएको खोर नै पिट बोमा हो ।

निकुञ्जको टोलीले पोथी नियन्त्रणको प्रयास हुँदाहुँदै अन्दाजी दुई वर्षको भाले केटो नियन्त्रणमा लिएको थियो । केटोलाई बोमामा राख्ने बेला राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल, चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठक र चीनको चिमे लङ सफारीका सह­प्रबन्धक याङ सहभागी ।

गैँडाको आनीबानी, अवस्था र नियन्त्रण प्रक्रिया बुझ्न याङ वैशाख ६ गतेदेखि नै चितवन निकुञ्जमा रहेका छन् । एक महिना जति पिट बोमामा राखेर खानेकुरा दिई बानी पारेपछि पुनः अर्को ठूलो बोमामा राखिने कोषका प्रमुख अर्यालले जानकारी दिए । दुई जोडी गैँडा राख्नका लागि दुई वटा पिट बोमा र दुई वटा ठूलो बोमा तयार भएको छ ।अर्को एउटा पनि पिट बोमा बनाउने तयारी छ । चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभियन पाठक दोस्रो बोमामा सारेपछि पनि केही समय राखिने र आगामी असारभित्र गैँडा चीन पठाउने तयारी भइरहेको बताए ।

यही वैशाख ६ गतेदेखि चिनियाँ प्रतिनिधिसहितको टोलीले गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु गरेको थियो । गैँडा नियन्त्रणमा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसहित ५० जना खटिएका छन् ।सोका लागि दशवटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । निकुञ्जबाट एक भालेसहित दुई पोथी नियन्त्रणमा लिएपछि सौराहामा रहेको एउटा भाले केटोसहित चार वटा गैँडा चीन पठाइने छ । गैँडा नियन्त्रण टोली भने अर्को समाउन निकुञ्जमै रहेको छ ।

Comments