दही र पानीको सन्तुलित मात्रामा तयार गरिने मोही गर्मी मौसमको लागि सबैभन्दा उत्तम पेय पदार्थ हो। गाउँ घरमा तिर्खा लाग्दा अझै पनि मोही पिउने चलन छ। मोहीको सर्वत खाएका विगतका दिन पनि तपाँइले सम्झनु भएकै होला।
मोही पिउनुको फाइदा :
१. शरीरको तापक्रमलाई सँधै निन्यत्रणमा राख्न मद्दत गर्छ ।
१. शरीरको तापक्रमलाई सँधै निन्यत्रणमा राख्न मद्दत गर्छ ।
२. पाचन क्रिया सँधै राम्रो बनाइ राख्छ ।
३. धेरै मसालेदार खाना खाइसकेपछि हुने जलन र एसिडिटीमा राहत दिलाउँछ।
४. खाना खाइसकेपछि मोही पिउनाले शरिरमा अतिरिक्त बोसोलाई जम्न दिदैँन।
५. मोहिमा क्याल्शियम, प्रोटीन, भिटामिन बी र पोटाशियमको गुणले भरपुर हुन्छ।
६. छालालाई चम्किलो बनाउनमा सहयोग गर्छ । मोहीको नियमित सेवनले छाला कोमल र मुलायम बनि रहन्छ
Comments
Post a Comment