एक मुखे रुद्राक्ष देख्ने मान्छे ले स्वयम् शिब देखे जस्तै हो : शास्त्र


भाग्यमानी हुन्छन ति मान्छे जसलाई एक मुखी रुद्राक्षको दर्शन हुन्छ – जान्नुहोस् यसको चमत्कार
रुद्राक्षको नाम र त्यसको उपयोग एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।

विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

द्विमुखी रुद्राक्ष

सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप ।



त्रिमुखी रुद्राक्ष ,ऐश्वर्य प्रदान गर्ने । ,चतुर्थमुखी रुद्राक्ष ,धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने । ,पञ्चमुखी रुद्राक्ष ,सुख प्रदान गर्ने ,सन्तान सुख ,षष्ठमुखी रुद्राक्ष ,पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेय को स्वरुप। ,सप्तमुखी रुद्राक्ष ,दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप। ,अष्टमुखी रुद्राक्ष ,श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने । ,नवममुखी रुद्राक्ष ,भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने । दसमुखी रुद्राक्ष विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने । एघार मुखी रुद्राक्ष भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने । बाह्र् मुखी रुद्राक्ष भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने । तेह्र् मुखी रुद्राक्ष इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने । चौध मुखी रुद्राक्ष हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।

Comments