यूएस–बङ्गला विमान दुर्घटना ‘भावनात्मक रुपमा विक्षिप्त’ क्याप्टेनको कारण भएको खुलासा, उडान अवधिमै पटक-पटक रोएका थिए

काठमाडाैं –गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बङ्गला विमान दुर्घटनाका लागि जहाजको क्याप्टेनलाई दोषी देखाइएको छ ।
आधिकारिक छानबिन समितले तयार पारेको रिपोर्टको मस्यौदामा विमानका क्याप्टेन ‘भावनात्मक रुपमा विक्षिप्त रहेको’ उल्लेख गरिएको छ । यही नै विमान दुर्घटना हुनुको मुख्य कारण रहेको रिपोर्टको निष्कर्ष छ ।
अनुसन्धानकर्ताहरुले विमानका क्याप्टेन अविद सुल्तानमाथि एक सहकर्मीले उनको क्षमतामाथि प्रश्न गरेपछि उडान अवधिमै रोएको बताएका छन् ।
“अविश्वास र दबावले गर्दा उनी ककपिटमा नै लगातार धुम्रपान गरिरहेका थिए र उडानको अवधिमा कयैन पटक उनी भावुक भएर रोएका थिए ।” रिपाेर्टलाई उदृत गर्दै समाचार संस्था एपीएफले लेखेको छ।
फागुन २८ मा बङ्गला देशको राजधानी डाकाबाट उडेको विमान काडमाण्डौं विमानस्थानमा अवतरणको क्रममा दुर्घटना भएको थियो । नेपालमा भएको दशकौं पछिको सबैभन्दा खतरनाक उक्त हवाई दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो ।
क्याप्टेनको निरन्तरको एकालापले उक्त समय जहाज उडाइरहेका को–पाइलटमा ‘पुरै भाँडिएको’ रिपोर्टमा लेखिएको छ ।
झन् को–पाइलट पृथुला रसिदले भर्खरै विमान उडाउन योग्य भएका थिए । त्यो दिनको उडान काठमाडौको विमानस्थालमा गरिएको उनको पहिलो उडान थियो ।
एएफपीले हेरेको अन्तिम अनुसन्धान रिपोर्टको मस्यौदामा युएस–बङ्गला एयरलाइनका क्याप्टेन ‘दबाब र भावनात्मक विक्षिप्तता’को अवस्थामा रहेको निष्कर्ष छ ।
उडानको अवधिमा क्याप्टेन सुल्तान आफूभन्दा कनिष्ठ को–पाइलटलाई प्रभावित बनाउन आफ्नो कौशलता र दक्षताबारे लगातार बोलिरहेका थिए ।
नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल साँघुरो कचौरा आकारको उपत्यकामा रहेको छ, जसको उत्तरमा हिमालय रहेको छ । यो विमानस्थाल अवतरणको लागि कठिन रहेको पनि एएफपीले लेखेको छ ।
युसएस–बङ्गलाको बम्बार्डिएर ड्यास ८ क्यु४०० विमानले धावनमार्ग नजिकिदै गर्दा अन्तिम समयमा आफ्नो दिसा बदलेको, आफ्नो पर्याप्त गति कम गर्न असफल रहेको र अवतरणको लागि आवश्यक जाँच नगरेको अनुसन्धादाताहरुले बताएका छन् ।
दुई पाइलट सहित ५१ जनाको मृत्यु भएको उक्त विमान दुर्घटनामा आश्चर्यजनक रुपमा २० जना भने बलिरहेको विमानबाट उम्कन सफल भएका थिए । तथापी उनीहरु गम्भीर घाइते भएका थिए ।
विमान दुर्घटना लगत्तै पछि पाइलट र हवाई ट्राफिक कन्ट्रोलबीचको अन्योलको अवस्था देखिएको अडियो बाहिरिएको थियो । कतिले त्यसको कारण दुर्घटना भएको हो कि भन्ने आशंका गरेका थिए । तर
रिपोर्टले हवाई ट्राफिक कन्ट्रोलले ‘रनवे ०२’ र ‘रनवे २०’ उल्लेख गरेर अन्योल श्रृजना गरेको स्वीकारेको भए पनि त्यसले उडानमा कुनै प्रभाव नपारेको निष्कर्ष दिएको छ ।
अनुसन्धानको नेतृत्व गरेको नेपालको पर्यटन मन्त्रालयको एक स्रोतले मस्यौदाको सत्यतालाई पुष्टि ग¥यो ।
यो दुर्घटना सन् १९९२ सेप्टेम्बरमा १६७ जनाको ज्यान गएको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स हवाई दुघर्टना पछि नेपालको ठूलो हवाई दुर्घटना हो ।
पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना हुनु दुई महिना अघि मात्र सोही विमानस्थल नजिकनै थाई एयरवेजको विमान दुर्घटना भएको थियो ।
नेपालको खराब हवाई सुरक्षा रेकर्डका लागि मुख्यतः अप्रर्याप्त मर्मतसम्भार र निम्न स्तरको व्यवस्थानलाई दोष दिइन्छ । चाँडो चाडो दुर्घटना भइरहने कारण नेपालका एयरलाइन्सहरुलाई युरोपियन
युनियनको हवाईक्षेत्रमा उडान गर्न प्रतिबन्ध गरिएको छ ।
अनुवादः श्रवण उप्रेती
साभार : ratopati
Comments
Post a Comment