काठमाडौं । बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै शनिबार महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।
पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै उनीहरुले अर्धनग्न प्रर्दशन गरेका हुन् ।
उनिहरुले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको थियाे।
प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर झडप समेत भएको थियो ।
झडपमा आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन् । अर्धनग्न प्रर्दशनमा उत्रिएका महिलाहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।
संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर , बलात्कार विरुद्ध संयुक्त ¥यालीको व्यानरमा झण्डै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका छन् ।
मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारवाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन् ।
विशेष गरेर नयाँ पुस्ताका युवा युवतीहरुले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाइरहेका छन् ।
भदो १ गते मुलुकी अपराध (संहिता) ऐन २०७४ को विरोध गर्दै एक युवाले नग्न भएर विरोध प्रदर्शन गरेका थिए । तर सडकमा नग्न र अर्ध नग्न भएर गरिने प्रदर्शनले समाजमा कस्तो असर पर्छ, के कानुन बनाउन नग्न नै हुनु पर्ने हो त ?
बलात्कारी पुरुषलाई फाँसी माग गर्ने अभियन्ता सावित्री सुवेदीसँग गरीएको कराकानी:
Comments
Post a Comment