भोलि सार्वजनिक विदा



धनगढी, भदौ ०९ ।
भोलि प्रदेश नम्बर ७ मा सार्वजनिक विदा हुने भएको छ । प्रदेश ७ को आन्तरीक मामीला तथा कानुन मन्त्रालयले भोली आइतबार अर्थात भदौ १० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले सार्वजनीक सुचना निकालेर आईतवार पर्न गएको जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदको निर्णय अनुसार भोली सार्वजनिक विदा दिने निर्णय भएको प्रदेश ७ को आन्तरिक मामीला तथा कानुन मन्त्रालयका सचिव शंकर अर्यालले बताएका छन ।

Comments