गृह मन्त्रालयले २७ जना नेपाल प्रहरीका प्रहरी बरिष्ठ (उपरिक्षक) एसएसपीहरुको सरुवा बुधबार साँझ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेललाई विचैबाट ‘ब्याक’ गराउँदै उनको ठाउँमा एसएसपी बसन्त लामालाई पठाईएको छ । सामान्यतया एक बर्ष पुरा नहुँदै हटाउनुलाई नेपाल प्रहरी संगठनमा राम्रो मानिन्न । पछिल्लो समय दर्जनौं विवादास्पद मुद्दामा एसएसपी पोखरेलको नाम जोडिएपछि उनलाई हटाउनु परेको प्रहरी मुख्यालायले जनाएको छ । यद्यपि सुरुवाती दिनमा उनले राजधानीबासीको मन जित्ने गरी निष्पक्ष काम गरेका थिए ।
पूर्व डीआईजी एवम् सांसद नवराज सिलवाललाई किर्ते मुद्दामा फसाउन काडमाडौं परिसर ल्याइएका एसएसपी पोखरेललाई ६ महिना नपुग्दै परिसरबाट हटाइएका हुन् । उता सिलवाल विरुद्द किर्ते मुद्दामा दर्ता गर्न नमानेको भन्दै त्यतिबेला काठमाडौं परिसरबाट खेदिएका एसएसपी रविन्द्रकुमार धानुकलाई भने महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । यस्तै एसएसपी ऐरलाई प्रहरी प्रधान कार्यालय कल्याण शाखामा सरुवा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारमा पदको दुरुपयोग गर्न काठमाडौं ल्याइएका पोखरेललाई एमाले नेतृत्व सरकारले दिल्लीस्थित नेपाली दूतावास खेदेको छ
Comments
Post a Comment