
आजभन्दा १७ बर्ष अगाडी २०५९ भाद्र १ गतेदेखि धादिङ जिल्लाभर शाही सेनाले एकसता लामो सर्च अप्रेसन चलायो।उत्तरी भेगमा दमन गर्न अस्थाई रूपमा खहरे र किम्ताङफेदीमा कमण्ड क्याम्प बसल्यो।भाद्र २ गते गुम्दीको चिमचोकमा हाम्रो 10 नम्बर प्लाटुन(करिब ४०/४५ जना) सम्भावित मुटभेटलाई ध्यान दिएर बिहानको खाना चाँडै खाएर आराम गरिएको बेला शाही सेनाको जमात आएर एक्कासि आक्रमण गर्यो।
बाक्लो गाउँ र चारैतिर खुल्ला भूगोल र बाटोहरु भएकोले सिभिलमा लामो दुरीको बिकेन्द्रीत फर्मेशनमा झुक्याएर चिमचोक गाउँ प्रवेश गरेछ।शाही सेना करिब ३०/३५ जनाको संख्यामा थियो, प्रय सबैले सजिलोसँग लुकाएर बोक्न मिल्ने SMG(सब मेसिन गन)र केही SLR थिए सहित आएका थिए।बर्षयाम भएकोले सिमसिम पानी परिरहेको थियो र बाक्लो हुस्सु केहि मिटरमा पनि मान्छे नै नदेखिने खालको थियो।
अघिल्लो दिनदेखि किम्ताङफेदीमा खासी काटेर,जाँडरक्सी खाएर रातभरि होहल्ला गरिरहेको खबर भए पनि उनीहरुको मुभ कसरी गर्छ भन्ने चही हामी केही अन्योलमा थियो।२ नं. सेक्सन बसेको टोलमा एक्कसी 4/5 जना शाही सेना सिभिलमा smg सहित देखिनसाथ पोजिसन लिदै गर्दा बिरामी भएर घरको पिंढीमा सुतिरहेको सेक्सन कमण्डर कमरेड समुन्द्र उठन लाग्दा शाही सेनाको फयरिङबाट त्यही नै गोलि लागेर ढल्नु भयो।हाम्रो तर्फबाट भीषण प्रतिरोध र प्रतिआक्रमण भयो।हाम्रो हतियारसहितको सैन्य टोलि छ भन्ने कुराको जानकारी शाही सेनालाई रहेन छ,उ सरप्राइजमा पर्यो र झोला हरु फल्दै ब्याक हुन थाले।
भिडन्तमा शाही सेनाको ४ जना त्यहीँ ढले र थुप्रै घाइते भयो।त्यही दिन बेलुकी रि को कालू तामाङ एक सोझा सधारण ब्याक्ती थिए उनी गोठालो बाट फर्कदै राक्सीको नशामा लठ्ठ शाही सेनाले नियन्त्रण गरेर हत्या गर्यो।कालू तामाङ माओवादी पार्टी संग कुनै सम्बन्ध नै थिएन।भाद्र ३ गते म र कमरेड जनक सुझबुझको लागि लताक पुग्दा शाही सेना संग जंकाभेट भयो।दौडन निक्कै गह्रो भएपछि मैले झोला फ्याँके,झोलामा मेरो केही डायरी,फोटोहरु महत्त्वपूर्ण थिए र क.रन्जित(सन्तुमाया तामाङ)को एउटा डायरी पनि थियो,त्यसमा हाम्रो नाम,ठेगाना सबै थियो।बेलुकी रेडियो नेपाल र कान्तिपुर एफ.एम लगायतले शाही सेना र माओवादी आतंककारी बिचको दोहोरो भिडन्तमा रन्जिंता र मेरो नाम भिडन्तमा मारिको समाचार हामी आफैले सुने।
केही दिन पछि नुवाकोट बाट प्रकाशित हुने नयाँ रुपरेखा र त्रिशुली प्रबह भन्ने पत्रीकाले नुवाकोट देउरालीका दुई माओवादी कार्यकर्ताको धादिङ भिडन्तमा मृत्यु भनेर छापिए छ।४ गते बिहनै शाही सेनाको एक(सिभिल) जासुस रि ग बि सको तावाल बाट हाम्रो कब्जामा पर्यो,एकजना भाग्न सफल भए।कब्जामा परेका जसुसलाई गंगजमुनाको लेकमा पुर्ययो।उनको बयान अनुसार त्यो भेगमा शाही सेनाको अप्रेसन केही दिन लम्बिने देखियो।
हाम्रो एक सेक्सनले शाही सेनाको जसुस जवानलाई लिएर सत्यादेबी र बर्शुङचेतको भूगोल तिर जाने योजना अनुसार रातिको समयमा गुम्दीबाट दार्खाफेदीको तुइन बाट सत्यदेबी तर्फ लाग्ने क्रममा सबै साथीहरू पार गराएर म अन्तिममा थिए,तुइनको डोरी लठ्ट सँग बेरिदा आँखु नादीको बिचमा अड्किनु पुग्यो वारिपारी जाना नसक्ने भए पछि म आफ्नो साथमा भएको झोला,राइफल,गोलि,ग्रिनेट सहित तुइनको करिब १०० फिट जत्ती लामो लट्ठमा नाङ्गो हात र खुट्टाले क्रवल गरेर पार गर्ने क्रममा १० फिट जत्ती पार गर्न बाँकी हुँदा हात गलेर खोलाको बगरमा करिब ५०/६० फिट तला बगरमा खस्न पुग्यो।घाइते अवस्थामा साथीहरूले उद्धार गरि जीवन बाँचियो,पुर्नजीवन प्राप्त भयो।
२०७५ भाद्र ४ गते
जितेन्द्र तामाङ
पुर्व जनमुक्ति सेना हाल कावुल अफगानिस्तान।
Comments
Post a Comment