काठमाडौं । नेपाली चलचित्र ‘ब्ल्याक’ भदौ १ गते देखि हलहरुमा लाग्दैछ । चलचित्र ब्ल्याकमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आंचल शर्माको मूख्य भूमिका रहेको छ ।
आंचल शर्माले केही समय अगाडी अब ‘शत्रु गते’ जस्तो चलचित्रमा अभिनय नगर्ने भन्ने अभिव्यक्ति दिएको समाचार छाएको थियो। आंचल भने त्यो समाचार गलत भएको बताएकी छिन् । उनले आफूले भनेको कुरालाई मिडियाले तोडमोड गरेर टाइटल बनाइदिएको बताएकी छिन्।
आंचलले आफूले मल्टिस्टार भएको चलचित्र अहिले खेल्दा आफूले धेरै अभिनय गर्न नपाउने, दर्शकसंग धेरै जोडिन नपाउने भएका कारण आफ्नो करियर तथा अभिनय क्षमताको विकासमा असर पर्ने देखेर केही समयको लागि आफ्नो अभिनय धेरै हुने चलचित्र खेल्ने निर्णय गरेको स्पष्ट पारेकी छिन्।
अन्तर्वार्तामा आंचल र आकाशले विभिन्न व्य्कतित्वको अभिनय गरेका थिए । आकाशले पल बनेर आंचललाई सल्लाह दिएका थिए भने आंचलले पूजाको अभिनय आउँदा आकाशलाई गर्न अनुरोध गरेकी थिइन् । तर आकाशले पूजाको अभिनय नगरेपछि आंचलले उनलाई पत्रकार ऋषि धमला बनेर हमला गरेकी थिइन्।
Comments
Post a Comment