प्रदेशमा २ मा प्रधानमन्त्री ओलीको ठूलो अपमान, मधेसी नेताहरुले लिए बदला



काठमाडौं – प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्न तराई झरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सरकारकै मन्त्रीले बहिष्कार गरेका छन्। उनीहरु देशको प्रधानमन्त्रीको स्वागतमा नगएर ओलीको बहिष्कार गरेका हुन्।

ओलीकै कारण मधेसमा हिंसा बढेको र मधेस जनताको अधिकार प्राप्ती नभएको तथा संविधान संशोधनका भाजो हालेको आरोप लगाउँदै राजपाबाट प्रदेश २ को सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बदलाको भाव देखाउँदै ओलीलाई बहिष्कार गरेका हुन्।

ओलीलाई स्वागत गर्न मुख्यमन्त्रीसहित संघीय समाजवादी फोरम नेपालबाट मुख्यमन्त्री बनेका लालबाबु राउतसहित मन्त्रीहरु जनकपुर विमानस्थल पुगेपनि राजपाबाट प्रतिनिधित्व गर्नेहरुमध्ये एक जना मात्रै गएका थिए। ओलीलाई स्वागत गर्न सबै मन्त्रीहरु विमानस्थल जाने प्रदेश मुख्यमन्त्री राउतको आग्रहविपरित राजपा नेपालबाट प्रदेश नम्बर २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित रहेका हुन् ।



तर, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल भने ओलीको स्वागतमा पुगेका थिए । प्रदेश नम्बर २ मा राजपाबाट तीनना मन्त्री र तीन राज्यमन्त्री रहेका छन् । ओलीको स्वागतमा फोरमबाट मुख्यमन्त्री बनेका राउतसहित सबै मन्त्री तथा राज्य मन्त्री विमानस्थल पुगेका थिए ।

Comments