हुने बिरुवाको चिल्लो पात भनेझैं अशोक दर्जी युटुबमा एकाएक चर्चामा आएका थिए । एउटा फिल्मको सुटिङको क्रममा एकजना क्यामरा मेनले उनको गायकी मन पराएर फेसबुक लाइभ गरेका थिए त्यही भिडियो भाइरल भएर अशोक दर्जी सबैमाझ चिनिए ।
यो देखेपछी डि जे रुपक (सापकोटा) ले यति राम्रो कलालाइ मार्नु हुदैन र यतिकै छाड्यो भने अरु जस्तै छिट्टो आउने र हराउने हुन्छ ।
यो कलालाइ गोड्मेल गर्यो भने धेरै माथी पुर्याउन सकिन्छ भनेर काठमाडौ गित रेकर्डिङका लागि सबै खर्च आफै बेहोरेर चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी सम्म पुर्याएका थिए र टंक बुढाथोकीले अशोक दर्जिको कलालाइ बुझेर धेरै मेहेनत गरेर धेरै सिकाएर अशोकलाई निखारेर (जतिबेला अशोकको स्वरमा त दम थियो तर प्राबिधिक रुपमा केही थाहा थिएन)।
मन बिनाको धन ठूलो कि धन बिनाको मन भन्ने गित रेकर्ड गराए र त्यो गितले सबै दर्शकको मन जित्न सफल मात्र भएन नेपालमा सबै गितको रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न पनि सफल भयो ।
बिचमा अशोकको नाममा धेरै बिबादास्पद कुराहरु आए गायक तथा संगीतकार टंक बुढाथोकीलाई पनि धेरैले गलत भने तर उनले सबै हिसाब सहित सम्पुर्ण कुराको एक एक रिपोर्ट देखाए र उनी सबैको मनमा सबैको ढुक्ढुकी बनेर बसेका छन ।
उनले आफ्नो भिट्टा बेचेर भए पनि म अशोकको घर बनाउछु भनेर घर बनाउन लागि परे र अन्तत सबैको सरसहयोगले गर्दा घर बनिने क्रममा छ ।
अशोकको घर यहि ४ गते हस्तान्तरण गर्ने योजनामा छ । दर्जीको घरमा भित्रिए यस्ता बहुमुल्य सामानहरु हेर्नुस भिडियो :
Comments
Post a Comment