
घोराही, १ फागुन । नेपाल उद्योग वाणिज्य संघ दाङले फागुन ३ गतेदेखि लगाउन लागेको महोत्वसको पार्किङ ठेक्काको विषयमा विवाद हुँदा ‘गुन्डा नाइके’ ‘शोके’ समूहले परियार समाजका जिल्ला अध्यक्ष एवम् नेपाल दलित संघ दाङ – २ का उपाध्यक्ष केशव नेपालीसहितका युवाहरूमाथि सांघातिक आक्रमण गरेको छ ।
पार्किङको विषयमा विवाद बढ्दै गएपछि भरतपुरस्थित म्याङ्गो होटेलमा कुरा गर्न गत शुक्रबार राति ८ बजे जम्मा भएका अध्यक्ष नेपाली र ‘शोके’ समूहबीच भनाभन भएपछि ‘शोके’ समूहले पहिला आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आफूलाई क्रमण भएपछि प्रतिकारमा उत्रिएको अध्यक्ष नेपालीको समूहले जनाएको छ । घटना लगत्तै अध्यक्ष नेपालीको समूहलाई प्रहरीले पक्राउ गरेको छ भने ‘शोके’ समूह खुलेआम बाहिर हिँहिरहेको छ । घटनामा गुन्डा नाइके ‘शोक’को टाउकोमा चोट लागेकाले उपचारका लागि कोहलपुर लगिएको छ ।
तर, घटनामा बराबरको दोषी रहेको ‘शोके’ समूहलाई राजनीतिक दवावमा बाहिर घुम्ने छुट दिएको भन्दै परियार समाज दाङले आपत्ति जनाएको छ । ‘शोके’ समूहलाई बचाउन नेपाली कांग्रेस दाङका दिग्गज नेताहरू नै सक्रिय रहेको प्रहरी स्रोतको भनाइ छ ।
‘शोके समूहलाई कारबाही नगर्न कांग्रेस, एमाले र माओवादीका केही नेताहरूको दवाव छ’, प्रहरी स्रोतले भन्यो, ‘परियार समाजका अध्यक्ष केशव नेपाली समूहलाई कारबाही गर्न दवाव आएरहेको छ ।’
‘शोके’ समूहले परियार समाजलाई दिएको पार्किङको ठेक्का रद्द गर्न उद्योग वाणिज्य संघलाई पनि पटक पटक दवाव दिएको थियो । तर, संघले नमानेपछि ‘शोके’ समूह आफ्नो हातबाट पार्किङको ठेक्का गुम्यो भनेर आत्तिएको थियो ।
Comments
Post a Comment