ज्योतिषशास्त्र अनुसार बुध राशि सिंह राशिमा प्रवेश गर्दैछ। बुध ग्रह मिथुन र कन्या राशिको स्वामी रहेको छ। ज्योतिषशास्त्रीहरु अनुसार सेप्टेम्बर २को दिन रातको ९ बजेर ३१ मिनेटमा सिंह राशिमा प्रवेश गर्दैछ। यसरी बुध ग्रहले राशि परिवर्तन गर्दा विभिन्न राशिमा पर्ने जाने असरहरु निम्न उल्लेखित रहेका छन्। साथै यसै दिन श्री कृष्ण जन्माष्टमी पनि परेको हुँदा धेरै शुभ संयोग बन्ने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ ।
मेष
बुध ग्रहको राशि परिवर्तनले मेष राशिलाई धेरै फाइदा पुर्याउने देखिन्छ। अध्ययनमा पनि धेरै सफलता मिल्नेछ। साथै कलाको क्षेत्र पनि सफलता मिल्नेछ। जागिरको शिलशिलामा पनि यात्रा हुन सक्ला भने पदोन्नतिको पनि योग बन्न सक्ला।
वृष
राशि परिवर्तनले गर्दा यस राशि हुनेहरुलाई नकारात्मक असर पर्ने देखिन्छ। परिवारको स्वास्थ्यको कारण चिन्ता बढेर जाने देखिन्छ। मित्रजनसंगको सम्बन्ध बिग्रिनाले कार्यमा प्रतक्ष्य असर पर्ने देखिन्छ।
मिथुन
यस राशि परिवर्तनले गर्दा मिथुन राशिलाई मिश्रित फलदायी हुने देखिन्छ। पराक्रममा वृद्धि हुने देखिन्छ। तर पारिवारिक जीवनमा भने धेरै भ्रमको शिर्जना हुने देखिन्छ। छोटो यात्राको योजना बन्न सक्ने देखिन्छ।
कर्कट
यस राशि परिवर्तनले पारिवारिक समस्यामा बढावा गराउन सक्ने देखिन्छ। सामाजिक कार्यमा पनि केहि असर पर्ने देखिन्छ भने आर्थिक कार्य पनि असफल हुनेछ। यात्रा गर्दा पनि संयमता अपनाउनु होला।
सिंह
यस राशि परिवर्तनले सिंह राशिलाई धेरैनै फाइदा पुर्याउन सक्ने देखिन्छ। हरेक सम्बन्धको कारण सम्पूर्ण कार्य सफल हुनेछ। तर स्वास्थ्यले बहने कहिँ तनाव दिन सक्ने देखिन्छ। मानसिक रुपमा पनि तनावग्रस्त हुन पर्ने अवस्था आउन सक्ला।
कन्या
बुध ग्रहको राशि परिवर्तनको कारण स्वास्थ्यमा असर पर्ने देखिन्छ। आफ्नो मात्र नभई परिवारको समेत स्वास्थ्यको लागि समय साथै अर्थ खर्च हुन सक्ला। यात्रा गर्दा सावधान रहनु पर्ने देखिन्छ। तर धार्मिक कार्य भने सफल हुनेछ।
तुला
बुध ग्रहको राशि परिवर्तनले यस राशि हुने हरुलाई अत्याधिक धन लाभ दिलाउने देखिन्छ। सुख-समृद्धिमा वृद्धि हुनेछ। यात्रा पनि सफल हुन सक्ला। भाग्यले साथ दिनेछ भने धेरै क्षेत्रहरुमा सफलता बढेर पनि जाने देखिन्छ।
वृश्चिक
बुध ग्रहको राशि परिवर्तनले नयाँ कार्यको लागि बाटो खुलाउने देखिन्छ। साथै पहिला अड्किएका कार्य पनि फेरी शुरु हुन सक्लान्। लक्ष्य प्राप्त गर्न भने केहि संघर्ष गर्नु पर्ने देखिन्छ। स्वास्थ्यको लागि सतर्क हुनु आवश्यक छ।
धनु
बुध ग्रहको राशि परिवर्तनको कारण यस राशि हुनेहरुको भाग्य वृद्धि हुने देखिन्छ। साथै कानुनी रुपमा रहेका समस्या हटाउनको लागि पनि बुध ग्रहको भूमिका हुन सक्ला। प्रेम जीवम साथै आर्थिक कार्यमा पनि यस राशि परिवर्तनले फाइदा पुर्याउने देखिन्छ।
मकर
बुध ग्रहको राशि परिवर्तनले समय चुनौतीपूर्ण बनाउन सक्ला। आर्थिक रुपमा समस्या बढेर जाने देखिन्छ। दुश्मन साथै प्रतिष्पर्धी देखि पनि सावधान रहनु पर्ने देखिन्छ। स्वास्थ्यमा पनि ध्यान दिनु होला।
कुम्भ राशि
बुध ग्रहको राशि परिवर्तनको कारण यस राशि हुनेहरुलाई सबै क्षेत्रमा प्रेम मिल्ने देखिन्छ। प्रेम सम्बन्ध मज्बुत बनाउनको लागि बुढा ग्रहकोनै भूमिका हुनेछ। आर्थिक साथै सामाजिक कार्यमा पनि सफलता मिल्नेछ।
मीन राशि
बुध ग्रहको राशी परिवर्तन मीन राशिको लागि पनि धेरै फलदायी हुने देखिन्छ। यात्रा असफल हुँदै आएको छ भने बुध ग्रहले यात्रा सफल बनाउनको लागि भूमिका खेल्न सक्ला। स्वास्थ्य साथै आर्थिक क्षेत्रमा पनि बुध ग्रहको सकारात्मक असर पर्ने देखिन्छ।
-nagariksamachar
Comments
Post a Comment