घर हस्तान्तरण कार्यक्रममा अशोकबारे यस्तो घोषणा, उनको घरमा छन् रोचक बिशेषता ! (भिडियो)


काठमाडौं, ५ भदौं । युट्युबबाट भाइरल बनेका बालगायक अशोक दर्जीको घर निर्माण भएसँगै हस्तान्तरण गरिएको छ । सोमबार एक भव्य कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको हो ।

घर हस्तान्तरणपछि सामान्य छाप्रोमा बस्दै आएका अशोकको परिवार अहिले पक्की घरमा सरेको छ । घर हस्तान्तरण कार्यक्रममा सहभागितको ठुलो सहभागिता रहेको थियो भने अशोकलाई बजार परिक्रम गराईएको थियो । कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्य, निर्देशक शोभित बस्नेत, पत्रकार ऋषि धमला लगायतकाले अशोकको परिवारलाई साँचो हस्तान्तरण गरे ।

कार्यक्रममा पत्रकार धमलाले दर्जीलाई अन्तराष्ट्रिय कलाकार घोषणा गर्दै रु २५ हजार हस्तान्तरण समेत गरेका छन् । सडकमा गीत गाउँदै आएका अशोकलाई संगीतकार टंकसहितका व्यक्तिहरूले चर्चामा ल्याएर उनलाई घर बनाउन लागिपरेका थिए।

अशोकको घरमा केहि नयाँ र रोचक बिशेषताहरु राखिएको छ जुन कुरा तपाईहरुलाई थाहा छैन् र कल्पना पनि गर्नुभएको छैन् होला । उनको घरको पहिलो बिशेषता भनेको नै युटुबको लोगो हो, घरमा युटुबको लोगो राखिएका छ, उनलाई युटुबले नै यहाँसम्म ल्याएका कारण घरमा उक्त लोगो राखिएको हो ।



उनको घरको मुख्य प्रवेशद्धारमा अशोक दर्जी निवास भनेर लेखिएको छ । भोलीका दिनमा अशोकलाई नचिनेका बिर्सेका व्यक्ति यो बाटो हिडे भने अशोक दर्जी निवास देखिनु भन्ने हेतुले राखिएको छ भने् उनको घरमा बाख्रा वा कुखुरा पाल्ने खोर पनि राखिएको छ ।

यसैगरी उनलाई यहाँसम्म ल्याउने टंक बुढाथोकीसँग उनी सँगै रहेको तस्बिर पनि घरमा राखिएको छ । यो सँगै उनका घर भित्रका सामानहरू, बाथरुमको सेटअप, किचनको सेटअप फर्निचरहरू पनि त्यतिकै राम्रा र बहुमूल्य रहेका छन्।

थप भिडियोमा हेर्नुहोस् :

Comments