निर्मला पन्तको हत्या काण्ड : निर्मलाकै साथी र उनकी दिदी अाफ्नै घरबाट पक्राउ परे



कञ्चनपुर । कञ्चनपुर भीमदत्तकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा दुई दिदी बहिनी पक्राउ परेका छन् । निर्मलाको साथी आँचल भनिने रोशनी बम र उनकी दिदी बबिता बमलाई प्रहरीले शनिबार अनुसन्धानका लागि पक्राउ गरेको हो । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट उनीहर पक्राउ गरेको प्रहरीले जनाएको छ । गएको साउन ९ गते निर्मला सोही घरमा गएका बेला बेपत्ता बनेकी थिइन् । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।

दुई तले घरमा दिदी मात्रै बस्दै आएका थिए । तर, उक्त घटनापछि दार्चुलाबाट बाबुआमा आएका छन् । साउन १० गते बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेको थियो । दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताए पनि अहिलेसम्म उनीहरुमाथि अनुसन्धान भएको थिएन ।

Comments