एजेन्सी : महानायक अमिताभ वच्चनले चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को १०औं सिजनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा शहीद परिवारका लागि एक करोड भारतीय रुपैयाँ अर्थात एक करोड ६० लाख नेपाली रुपैयाँ दान गर्ने बताएका छन् । उनले केही दिनअघि पनि केरलाका बाढीपीडितहरुका लागि ५१ लाख भारतीय रुपैयाँ सहयोग प्रदान गरेका थिए ।
अमिताभले शहीद परिवारका लागि केही गर्ने चाहना राखेपछि सरकारका तर्फबाट यसै हप्ता उनलाई ४४ शहीद परिवारको सूची प्राप्त भएको थियो । ती शहीद परिवारहरुका लागि अमिताभले १ करोड ६० लाख रुपैयाँ वितरण गरिसकेको बताएका छन् ।
त्यस्तै भारतमा किसानहरुले ऋणका कारण गर्ने आत्महत्याले निकै मर्माहत भएको भन्दै किसानहरुका लागि पनि अमिताभलेउ सहायतास्वरुप डेढ करोड भारतीय रुपैयाँ अर्थात २ करोड ४० लाख नेपाली रुपैयाँ प्रदान गर्ने बताएका छन् । अमिताभले किसानहरुलाई ऋण मिनाहास्वरुप उनले उक्त रकम दिन लागेको बताएका छन् । अमिताभले शहीद परिवार र किसानहरुको सहयोगका करिव नेपाली ४ करोड रुपैयाँ दान गरेका छन् ।
Comments
Post a Comment