यसरी सुत्दा रिसाउँछिन धनकी देवी लक्ष्मी, जान्नुहोस गरिब बनाउने मानिसका यी पाँच बानी

यसरी सुत्दा रिसाउँछिन धनकी देवी लक्ष्मी, जान्नुहोस गरिब बनाउने मानिसका यी पाँच बानी
हरेक व्यक्ति धन कमाउन चाहन्छ र त्यसका लागि दिनरात मेहनत गरिरहेको हुन्छ । तर, धेरै मानिस सफल हुन सक्दैनन् । उनीहरुको गुनासो हुन्छ- यति धेरै मेहनत गर्दा पनि मनले चाहेको सफलता हासिल गर्न सकिएन । यसको कारण तपाईंका केही बानी पनि हुनसक्छन् । सुन्दा सामान्य लाग्ने बानी पनि धनकी देवी लक्ष्मीको लागि अनुचित लाग्न सक्छन् र तपाईंले गरिबी झेल्नुपर्छ ।

यहाँ हिन्दू धर्मपरम्पराका अनुसार यस्ता पाँच खराब बानीको बारेमा छलफल गरिँदैछ जसलाई त्याग्न सक्दा गरिबीले तपाईंलाई त्याग्नेछ र तपाईंले पसिनाको सही फल पाउन सक्नुहुन्छ ।

१. सूर्य उदाएपछि उठ्ने र सूर्य अस्ताउने बेला सुत्ने यी दुवै काम धनकी देवी लक्ष्मीको लागि अप्रिय हुन्छ । यस्तो बानी भएका मानिसप्रति देवी देवताको क्रिया हुँदैन ।

२. कयौंपटक हाम्रो कपडा फाट्छ र मैलो भए पनि हामी त्यसलाई लगाइरहन्छौं । जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँछ र घरमा फोहोर राख्छ, यस्तो व्यक्तिलाई धनको देवी लक्ष्मीले कृपा गर्दिनन् ।

३. बिहान र बेलुकाको समय दैवी शक्तिको लागि खास महत्वपूर्ण मानिन्छ । उक्त समयमा घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।

४. जो व्यक्ति साधु-सन्त वा घरको ठूलो मानिसको अपमान गर्दछ, उनीमाथि देवी लक्ष्मी रिसाउँछिन् । यस्ता मानिसहरुले लाख कोसिस गर्दा पनि धन लाभ गर्न सक्दैनन् र चाहेको सफलता हासिल गर्न सक्दैनन् ।

५. शास्त्रका अनुसार बिनाकारण वा ज्यादा रिसाउने बानीले पनि देवी लक्ष्मीलाई क्रोधित बनाउँछ । जुन घरमा झगडाको माहोल बनिराख्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन् । यसकारण बिनाकारण रिसाउने बानी हटाउनु पर्दछ

Comments