आफन्तका अनुसार मेगा बैंकमा जागिर खाइरहेकी २६ वर्षीया मनिषा निरौला सामान्य पेट दुखेर सुमेरु अस्पतालमा भर्ना भएकी थिइन् । चिकित्सको सल्लाह अनुसारनै उनी अस्पताल भर्ना भएकी थिइन् । डाक्टरहरुले मृगौलाको समस्याले पेट दुखेको हुन सक्ने भन्दै भर्ना हुन आग्रह गरेपछि उनी अस्पताल भर्ना भएकी हुन् ।धापाखेलस्थित सुमेरु अस्पतालमा २५ दिनअघि भर्ना भएकी मनिषालाई अस्पतालले बुधबार राति मृत घोषणा गरेको स्थानीयको भनाइ छ । अस्पतालका अनुसार पेट दुखेकी मनिषाको मस्तिष्कघातका कारण मृत्यु भएको छ ।
मृतकका आफन्तहरुका अनुसार मनिषालाई चिकित्सकहरुले मृगौलाको समस्याका कारण पेट दुखेको हुन सक्ने अड्कलका साथ अस्पतालमा भर्ना भएर उपचार गर्न भनेका थिए ।तर, २५ दिनपछि बिना कुनै रोगको निदान उनलाई मृत घोषित गरिएपछि आफन्तहरु आक्रोशित भएका हुन् । अहिले अस्पतालमा प्रहरी बाक्लो उपस्थित छ । मृतकका आफन्तले नाराबाजी गरीरहेका छन् ।
Comments
Post a Comment