विश्वकपबाट चर्चामा आएकी क्रोएशियाकी राष्ट्रपति कोलिन्दा थिइन् खतरनाक कमान्डो, उनको तारिफ जर्ज डब्ल्यू बुश र बराक ओबामाले पनि गर्थे ! साथै उनि ८ ओटा भाषा फररर बोल्छिन् !



क्रोएशियाले सन् २०१८ को फिफा विश्वकपको फानइलमा फ्रान्ससँग हारे पनि त्यहाँकी राष्ट्रपति कोलिन्दा ग्रेबर किदारोविच (५०) ले संसारको मन जितेकी छिन् ।

उनी क्वार्टर फाइनल खेल हेर्न जुलाई एक तारिखमा इकोनोमी क्लासको यात्रा गरेर रुस पुगिन् र दर्शकदीर्घामा बसेर आफ्नो समूहको हौसला बढाइन् ।हारेपछि पनि उनले क्रोएशियाका कप्तानलाई अँगालो हालेर सान्त्वना दिइन् । उनको यस्तो व्यवहारको सामाजिक संजालमा निकै प्रशंसा गरियो ।

विश्वकपबाट चर्चामा आएकी कोलिन्दा कुनै पनि आर्मी कमान्डो थिइन् । उनी एक उत्कृष्ट निशानेबाज पनि हुन् । हार्वर्डमा पढेकी कोलिन्डा आठ भाषाकी जानकार हुन् ।सन् १९६८ अप्रिल २९ मा जन्मिएकी कोलिन्डाले अंग्रेजी र स्पेनिश साहित्यमा स्नातक र इन्टरनेशनल रिलेशनमा पोष्टग्रेजुएट गरेकी छिन् । उनले जर्ज वासिङ्टन, हार्वर्ड र जोन होपकिन्स युनिभर्सिटीमा पढेकी छिन् । उनी सन् २०१५ मा क्रोएशियाकी पहिलो राष्ट्रपति चुनिएकी हुन् । यस वर्ष उनले जागरेब फ्याकल्टीमा इन्टरनेशनल रिलेशनमा पीएचडी सुरु गरेकी छिन् ।

Comments