चलचित्र ‘कथा काठमाण्डु’मा समावेश ‘रातको कुरा’ बोलको गीतले यतिबेला सबैको ध्यान खिचेको छ । नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरि विचको अन्तरंग दृश्यको कारण यो गीत चर्चामा रहेको हो । गीतलाई लिएर मिश्रति प्रतिक्रिया पनि आइरहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा चलचित्रकी अर्की नायिका सन्ध्या केसीले नायिका कार्कीको हिम्मतको तारिफ गरिन् । प्रियंकाले जुन तरिकाले यो गीत गर्ने आँट गरिन्, त्यो साच्चिकै तारिफयोग्य भएको सन्ध्याको भनाई छ ।
सन्ध्याको यो कुरासँगै एक पत्रकारले प्रश्न गरे, के तपाइलाई यो भूमिकामा अफर आएको भए गर्नुहुन्थ्यो ? प्रश्न सुनेपछि सन्ध्या केही समय बोलिनन्, हाँसिन् मात्र । के भन्ने भन्दै उनी हाँसिन् ।
यसपछि उनले भनिन्-‘म्यूजिक भिडियो भएको भए त गर्दिनथ्यँ । तर, चलचित्रको लागि हो भने कथा हेर्नुपर्छ । कथाको माग अनुसार यो भिडियो बनाउने हो भने पक्कै पनि गर्छु, नत्र गर्दिनँ ।’
यसपछि, पत्रकारले फेरि सोधे, तपाइले गीत त हेर्नुभएको छ नी, के यस्तै दृश्य दिन सक्नुहुन्थ्यो ? सन्ध्याले फेरि भनिन्-‘कथाले माग्छ भने किन नगर्नु ?’
केही दिन अगाडि चलचित्र ‘पण्डित बाजेको लौरी’को पत्रकार सम्मेलनमा रोएर चर्चा पाएकी थिइन् ।
Comments
Post a Comment