स्वयम् गायक लामिछानेको संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको यो गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्का फिचर्ड छन् । सनिश सुनुवारको म्युजीक एरेन्ज रहेको गीतमा अनिल धितालको संगीत सृजना रहेको छ । सुत्र इन्टरटेन्मेन्टको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको यस म्युजीक भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ ।लोकेसनको हिसावले निर्देशक घिमिरेले उत्कृष्ट लोकेशन चयन गरेका छन् भने छायाँकार तिवारीले पनि त्यस्तै लोभलाग्दा दृश्यहरु आफ्नो क्यामेरमा कैद गर्न सफल भएका छन् । विनोद तिमिल्सिनाको उत्कृष्ट संगीतमा संदिपले मिठो स्वर भरेका छन् भने जीवन र सृष्टिको अभिनय पनि उत्कृष्ट देखिन्छ ।
गीत हेर्नुसः
Comments
Post a Comment