
क्रिष्टियानो रोनाल्डोले ग्रिसमा बिदा मनाएर फर्किने बेला होटका कामदारलाई ठूलो रकम टिप दिएका छन् । रोनाल्डोले रुसमा भएको विश्वकपमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएपछि बिदा मनाउन ग्रिस गएका थिए ।ग्रिसको पेलोपोन्नेसीमा रहेको कोस्टा नाभारिनोको रोयल मेथोनी भिल्लाबाट चेकआउट गर्ने बेला टिपको रुपमा २० हजार युरो छोडे । उनले त्यो टिप रिसोर्टका कामदारले समान रुपमा बाँडेर लिनु पर्ने बताएका थिए ।
रिसोर्टमा रोनाल्डोलाई सेवा प्रदान गर्नका लागि १० जना होटल कामदार खटिएका थिए ।
ग्रिक अनलाई स्पोटर्स म्यागजिन स्पोर्टाइम डट जिआरले भनेको छ, ‘१० कर्मचारी जो रोनाल्डो र उनको परिवारलाई सेवा प्रदान गर्न र पापाराजीबाट जोगाउनका लागि खटिएका थिए, उनीहरु हरेकले दई हजार युरो टिप पाएका छन् ।’
Comments
Post a Comment