जमिनभन्दा तीन हजार फुट तल रहेको एउटा अद्भुत गाउँ, नीलो पानीको झरनाले बढाएको सुन्दरता


सुपाई गाउँमा ग्रैन्ड कैनियमको गहिरो रहस्य लुकेको छ। यो गाउँ चारैतिरबाट डुला र उच्च पहाडले घेरिएको छ। करिब पाँच पानीको झरनाले गाउँको सन्दरता थप बढाएको छ । गहिरो खाडलमा लुकेको यो गाउँ करिब एक हजार वर्षदेखि आवाद छ । यहाँ अमेरिकी मूल निवासी रेड इन्डियन बस्छन्।

गाउँमा बस्ने जनजातिको नामकरण गाउँको सुन्दरताको आधारमा भएको छ। हवासुपाईको अर्थ हो, नीलो र हरियो पानीवाला मानिस। यहाँका निवासी गाउँको पानीलाई पवित्र मान्दछन् । यहाँबाट निस्कने पानीबाट यी जनजातिको जन्म भएको विश्वास गरिन्छ ।

गाउँसम्म पुग्नका लागि खरैखर झाडीबीच भूलभुलैयाजस्तै बाटो भएर हिड्नुपर्ने हुन्छ । यस्तो तलामाथि भएको बाटोबाट हिड्दा यो पनि महशुस हुँदैन कि अगाडि स्वर्गजस्तै स्थान फेला पर्नेछ । अगाडि तपाईले देख्नु हुनेछ एउडा ठुलो साइनबोर्ड, जसमा लेखिएको हुनेछ–सुपाईमा तपाईलाई स्वागत छ।२०औं शताब्दीसम्म बाहिरी मानिसलाई रोक

यो गाउँ पूर्णरुपमा ट्राफिक शोरबाट मुक्त छ। खच्चड र घोडा गाउँको गल्लीहरुमा देखिन्छन् । यो गाउँमा भलै सहरजस्तो सुविधा छैन तर एक शान्तिपूर्ण माहौलमा बस्न सकिने सबै सहुलियत छ । यहाँ पोस्ट अफिस छ, क्याफे छ, दुई वटा चर्च छ, प्राथमिक विद्यालय छ, किराना पसल छ।

यहाँ निवासी मानिसहरु अहिले पनि हवासुपाई भाषा बोल्दछन् । यहाँ सीमी र मकैको खेती गरिन्छ । रोजगारीका लागि टोकरी बनिन्छ र सहरमा बेचिन्छ । टोकरी बनाउनु यहाँको परम्परागत व्यवसाय हो।कयौ शताब्दीदेखि मानिसहरु यो विचित्रको गाउँ हेर्दै आएका छन् ।२०औं शताब्दीसम्म यो गाउँमा बाहिरबाट मानिसहरुलाई आउन रोक लगाइएको थियो । तर आम्दानी बढाउनका लागि उनीहरुले करिब एक सय वर्ष पहिला आफ्नो गाउँको ढोका बाहिरबाट आउनेहरुका लागि पनि खुला गरे ।

खच्चडको स्वास्थ्यमा असर

हरेक वर्ष करिब २० हजार मानिस यहाँको प्राकृतिक सुन्दरता र यहाँको जीवनशैली अवलोकन गर्न आउने गर्दछन् । तर यहाँसम्म पुग्नका लागि सबै पर्यटकले हवासुपाईको ट्राभल काउन्सिलको अनुमति लिनुपर्ने हुन्छ । फेब्रुअरी महिनादेखि नोभेम्बरसम्म पर्यटकहरु यहाँका नागरिकहरुको घरमा बस्न सक्छन् । जुनेली रातमा झरनाबाट झर्दै गरेको पानीको आवाजका साथ गाउँको सुन्दरताको अवलोकन गरेर आनन्द लिन सकिन्छ।

हवासुपाई गाउँबासीको जीवन सहज बनाउन खच्चडका लागि विगत दशकदेखि आवाज उठिरहेको छ । पर्यटकहरुको बढ्दो संख्याका साथ यी खच्चडहरुमाथि दबाद बढन लागेको छ। खच्चडबाट आवश्यकताभन्दा बढी काम लिन थालिएको छ। घोडा र खच्चडहरुको स्वास्थ्यलाई नजरअन्दाज गरेर बिना खानपान आठ किलोमिटर टाढासम्म हिडाइन्छ । यद्यपि यस्तो सबैले गर्दैनन् ।

त्यसैले हवासुपाई ट्राभल काउन्सिलले यस्तो टिम बनाएको छ, जसले कारोबारमा प्रयोग हुने सबै जनावरको हेरचाह गर्ने गर्दछ । यसले १ देखि १० नम्बरको अनुपातमा जनावरको स्वास्थ्यसम्बन्धी प्रमाणपत्र दिन्छ ।

Comments