वानेश्वर यसरी बन्यो रणभूमि , १३ तस्बिरमा हेर्नुहोस्


काठमाडौं– सरकारको विरोध र अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले आज राजधानीमा गरेको प्रर्दशनका क्रममा भएको दोहोरो झडपमा प्रहरी इन्पेक्टर खेम नेपाल घाइते भएका छन् । यस्तै तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन कार्यकर्ता पनि घाइते भएका छन् ।

शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयावानेश्वर तर्फ जाँदै गरेको तरुण दलको र्यालीलाई सुरक्षाकर्मीले बानेश्वर चोक प्रहरीले रोकेपछि दोहोरो झडप भएको हो ।

तरुण दल भन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएका विवेकशिल साझा पार्टी र नागरिक समाज तथा अधिकारकर्मीहरुले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुशमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडपको स्थिति श्रृजना भएको हो । नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो ।

Comments