अमेरिकन पेस्तोलसहित एकजना पक्राउ



काठमाडौं– नवलपरासीको बर्दघाट (सुस्ता पश्चिम) स्थित बर्दघाट नगरपालिका–१० भुताहा बस्ने ३१ बर्षीय किशोर आचार्य पेस्तोलसहित पक्राउ परेका छन् । बर्दघाट नगरपालिका–४ टिसीयन चोकस्थित राजमार्गमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले उनलाई ‘मेड इन युएसए’ लेखेको पेस्तोलसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरीले उनको साथबाट एकथान खुँडा समेत बरामद गरेको छ । आचार्यले आफु चढ्दै आएको बा. ९ च ९९६ नम्बरको कारको सिटमुनी उक्त पेस्तोल लुकाई छिपाई राखेको प्रहरीले जनाएको छ ।

Comments