फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानाध्यापक समेत रहेका शिक्षक खिलप्रसाद पौडेललाई फलेवासका महिलाहरुले यस्तो कार्वाही गरेका हुन् । उक्त जनकार्वाहीपछि फलेवास प्रहरीलाई बुझाईको पौडेल विरुद्ध त्यस विद्यालयका ७ देखि १२ वर्ष उमेरका तीन छात्रालाई अप्राकृतिक मैथुन विरुद्धको मुद्धा दायर गरिएको पर्वत जिल्ला प्रहरी प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिएका छन् ।
प्रधानाध्यापक समेत रहेका शिक्षक खिलप्रसाद पौडेलले यस्तोसम्म गरे !
गत दुई वर्षदेखि त्यस विद्यालयमा प्रधानाध्यापक भएर आएका पौडेल डोल्पा, म्याग्दीको झिं, फलेवासकै पाङ्ग्र र कुर्घाको विद्यालय हुँदै आएका रहेछन् । पीडि छात्राहरुसंगको कुराकानी बुझ्दा उनीबाट यौन हिंसामा परेका बालिकाहरु चार जना हरेछन् ।
त्यसै विद्यालयबाट कक्षा ५ पास भई अर्को विद्यालयमा कक्षा ६ भर्ना जाने १२ वर्षीय सो छात्रालाई तिम्रै घरमा आएर ट्युशन पढाउँछु भन्ने गरेका रहेछन् । तर यसको प्रतिउक्तरमा ती छात्राले ‘सर हामी गरिब छौं सक्दैनौ’ भनेकी रहिछन् । साथै उनका बुबा आमाले पनि सक्दैनौ भनेका रहेछन् ।
ती शिक्षकले पैसा दिनु पर्दैन, म सित्तैमा पढाई दिन्छु भन्दै पाँच दिनसम्म ट्युशन पढाउन भन्दै उनको घरमा पुगेका थिए । ट्युशन पढाउने त्यस पाँच दिन भित्र उनले आफ्नो हर्कत देखाउन सुरु गरेका रहेछन् । बन्दै गरेको भवनको पछाडि शौचालयमा लगेर ती छात्राहरुसँग यौनिक क्रियाकलाप गर्ने गरेको खुलासा भएको छ । यसरी क्रमशः अन्य थप तीन जना बालिकाहरु उनको शिकार बनेका रहेछन् ।
अर्की १० वर्षिया बालिकालाई बैशाखमा तीन पटक, जेठमा तीन पटक र असार ८ गते एक पटक गरी सात पटकसम्म आफ्नो यौनाङ्गमा ती सरले लाजमर्दो कार्य गरेको उनले बताईन् । उनकी आमाले भनिन–‘छोरी टाउँको दुख्ने रिङ्गाटा लाग्ने विरामी पर्न थाली हामीलाई शंका लागेर सोध्दा मात्र थाहा भएको हो ।’
ती १० वर्षीया बालिकाको आफ्नो शब्दमा, ‘हामी सबै जनालाई चौरमा पढ्न हिड भनेर लैजानु भयो । हामी सबै गयौ । मैले कलम कक्षा कोठा मै बिर्सेछु । म फर्केर आएँ । सोही समयमा उसले मलाई बजरजस्ती गरे । म चिच्चाएँ । मेरो मुख थुनिदिनु भयो । कराईस् र कसैलाई भनिस भने मारेर बोरामा हालेर कसैले नदेख्ने ठाउँमा लगेर फालीदिन्छु भने । पछि ६ पटकसम्म पनि त्यही भनेर डर देखाउँथे, त्यसैले मौन बसेकी हुँ ।’
ती बालिकाहरुका अनुसार उनीहरुका हातहरु समातेर आफ्नो गुप्ताङ्ग सुम्सुमाउन लगाउँथे । अप्राकृतिक मैथुन गर्न लगाईन्थ्यो । उनी भन्दा कान्छि सात वर्षीय बालिकालाई समेत छाडेनन् ती यौन पिपासु शिक्षकले ।
धमाधम चारै छात्राहरुको टाउको दुख्ने समस्या आउन थालेपछि कुरा खोल्न बाध्य भए । ती शिक्षकको घरमा दुई छोरा, सहकारीमा काम गर्नेछन् । उनको श्रीमती पनि भर्खरकै रहेकी स्थानीयहरुले बताएकाछन् ।
‘बिद्यालयकै शिक्षकबाट यतिसम्म यौनिक अपराध ? कसरी सुरक्षित राख्ने छोरीहरु ? यस्तो प्रश्न गर्दै ती छात्राहरुका आमाहरुले भने, ‘त्यस्ता अपराधिलाई त फाँसी नै दिनु पर्ने हो, तर नेपालमा त्यस्तो कानुन छैन । कानुले दिएसम्मको कडा कार्वाहीको हामी माग गर्दछौं ।’
Source:-News24nepal
Comments
Post a Comment