पाकिस्तान चुनावमा कुन पार्टी अगाडि ? सर्वेक्षण यसो भन्छ



सस्टिनेबल डेभलपमेन्ट पोलिसी इन्स्टिच्युट (एसडीपीआइ) र हेराल्ड म्यागेजिनले संयुक्त रुपमा गरेको सर्वेक्षणले पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले पाकिस्तान आम निर्वाचनमा झिनो अग्रता लिने देखाएको छ । पाकिस्तानमा बुहमतको साटो मिलिजुली सरकार बन्न सम्भावना सर्वेक्षणले देखाएको छ ।

पीटीआइले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) माथि ४ प्रतिशतको झिनो अग्रता लिने देखाइएको छ । यो ४ प्रतिशत सर्वेको मार्जिन –+१.३ प्रतिशतभन्दा बाहिर रहेको उल्लेख छ ।

यद्यपि, सबैभन्दा विचारणीय कुरा सर्वेक्षणमा सहभागी १३ प्रतिशत अनिर्णित रहेका छन् । त्यस्तै, सर्वेक्षण अनुसार पीएमएल–एनले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) माथि ५ प्रतिशतले अग्रता कायम गर्ने सम्भावना छ ।

निर्वाचनको सबैभन्दा मुख्य रणभूमी पञ्जाबमा सर्वेक्षणले नवाजको पार्टी पिएमएल–एनको पल्ला भारी हुने देखाएको छ । यो प्रान्तमा पीएमएलएनले ७ प्रतिशतको अग्रता कायम गर्ने सर्वेक्षणले बताएको छ, जुन प्रान्तीय त्रुटीको मार्जिन +१.९ पोइन्ट भन्दा बाहिरको हो ।

द हेराल्ड–एसपीडीआइ सर्वेक्षणले पञ्जाबका १४ प्रतिशत सहभागीहरु अनिर्णित रहेको देखाएको छ । र, यही अनिर्णित समूहले नै निर्वाचनको अन्तिम परिणाम निर्धारण गर्नेछ ।

यो नतिजा ग्यालप र पल्स कन्सल्ट्यान्ट्सले गत मेमा गरेको स

Comments