रातो बाकसमा : 'बोल माया' पछि फेरी आयो जति सुन्यो उति आखा रसाउने गित 'रातो बाकसमा'(भिडियो सहित)



काठमाडौ – रोजगारीको सिलसिलामा नेपालीहरु विदेश जाने क्रम निकै छ । परिवारको सामना सकार पार्न हरेक दिन सयौ नेपालीहरु विदेश पासपोर्ट बोकेर बिदेशिनु पर्ने पिडा नेपालीहरुमा छ ।

जे सोचेर विदेश गएका हुन्छन त्यहाँ पुगेपछि नपाउदा कति दुखमा परेर नेपालीहरु बिचल्ली भएका समाचारहरु पढ्न पाइन्छ । जानेबेला आफ्नो परिवारको राम्रो पालनपोषण गर्न बालबच्चालाई राम्रो स्कुलमा पढाउँन लगाएत धेरै सपना बोकेर विदेशिने नेपालीहरु सयौ आशु झार्दै बिदेशमा हिडेको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा देख्न सकिन्छ ।

बिदेशमा पुगेपछि कति नेपालीहरु राति सुतेको बिहान आफ्नै बेडमा मृत्यु भैरहेको आस्थामा भेटिन्छन त कति नेपाली कामको प्रेसर र तनावले गर्दा आत्महत्या गरेका घट्ना पनि आइरहेका छन् । हरेक दिन नेपालीहरु विदेश जाने क्रम संगै विदेशबाट पनि रातो बाकसमा कहिले नउठ्ने गरि फर्कने नेपालीहरु पनि छन् । परिवारको सपना साकार पार्न गएका नेपालीहरु फर्किदा एउटा बाकसमा आइपुग्दा त्यो परिवारमा के बित्ला ? यस्ता घट्ना दिनहु विमानस्थलमा देख्न सकिन्छ ।

यस्तै घटनाक्रमलाई समेटेर ‘रातो बाकसमा’ गित सार्वजनिक भएको छ । सन्तोष शाहीको आवाजमा रहेको उक्त गीतको शब्द सौरभ सुबेदी र सुरज परियारले लेखेका हुन् भने यस गीतलाई संगीत सुरज परियारले दिएका छन् । हिम सम्झौता डिजिटल च्यानल मार्फत सार्वजनिक भएको यो गीतलाई दर्शक श्रोतहरुले मन पराउनु हुने छ । हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो

Comments