उपेन्द्र यादव आफ्नो पदको शक्ति प्रदर्शन गर्दै पासपोर्टबिनै बैंकक उड्न खोजेपछि हंगामा, थाइ एयरवेज कर्मचारीले उपेन्द्रलाई थर्काउदै गरेको विमानस्थलको भिडियो बाहिरियो (भिडियोसहित)

काठमाडौं- सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अनौठो तरिकाले शक्ति प्रदर्शन गरे मंगलबार। काठमाडौंबाट बैंककका लागि उड्‍न तयार टीजी ३२०को निर्धारित समयभन्दा १० मिनेट अघिमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका मन्त्री यादवले आफू जसरी पनि जानु पर्ने अडान लिएपछि विमानस्थल र थाइ एयरवेजका सम्बन्धित अधिकृतहरुले पाइलटलाई सम्पर्क गरे।भीभीआइपीलाई ‘अकोमोडेट’ गर्न केही समय उडान ढिलो गर्न सकिने पाइलटले जवाफ दिएपछि बन्द भइसकेको प्लेनको ढोका खुल्‍यो र हटाइ सकेको भर्र्‍याङ प्लेनको नजिक फेरि ल्‍याइयो।‘जहाजको ढोका समेत क्लोज गरेर क्याप्टेन टेकअफको तयारीमा थिए।’ तर यादवले पदको प्रभाव देखाउँदै बन्द गरेको जहाजको ढोका खोल्न लगाएर उड्न सफल भएका थिए।

‘भिआइपीको सवारी हो भने एयरलाइन्सलाई पहिल्यै खवर दिइन्छ। हिजो त्यसो गरिएको थिएन। विमानको ढोका बन्द गरेपछि खोल्ने कुरा आउँदैन। तर उपप्रधानमन्त्रीले आफ्नो शक्ति प्रयोग गरेर विमानको नियमित उडान तालिकालाई प्रभावित पारे। जसका कारण बैंककमा कनेक्टिङ फ्लाइट रहेका यात्रुले आफ्नो उडान छुटाए ।’

उपप्रधानमन्त्रीका सहयोगीले पासपोर्ट लिएरै गएको भनेपनि थाइ एयरवेजका कर्मचारीले सुरुमा मन्त्रीसँग पासपोर्ट माग्दा उपलब्ध गराएका थिएनन्।विमानस्थल स्रोतले पनि मन्त्रीले आफ्नो रवाफ देखाएको बताएको छ। स्रोत भन्छ, ‘तपाई कल्पना गर्नुस् अहिलेको जमानामा कतै हस्तलिखित बोर्डिङपास हुन्छ? शक्ति प्रभावले नै यस्तो भएको हो।’ बोर्डिङ पास लिन काउन्टर बन्द भइसकेकाले मन्त्री यादवलाई हस्तलिखित बोर्डिङ पास दिएर सवार गराइएको थियो।

उपप्रधानमन्त्री यादवसँग पासपोर्ट नै रहेनछ। हतारहतारमा र विशेषाधिकार प्रयोग गरी अर्को रातो पासपोर्ट बन्‍यो। तर चेकिङ काउन्टर बन्द भइसकेकाले उनलाई ‘कम्प्‍युटराइज्ड’ को सट्टामा हस्तलिखित बोर्डिङ पास दिइयो।

त्रिभुवन विमानस्थलमा उनलाई पासपोर्ट हस्तान्तरण गरेपछि उनको यात्राको तयारी पूरा भयो। तर उपप्रधानमन्त्री यादवको यो अनपेक्षित र असाधारण व्‍यवहारका कारण विमानमा समयमै पुगेका र चढेर आ-आफ्‍ना सिटमा बसेका यात्रुहरुले करीब ४५ मिनेटको सास्ती भोग्‍नु परेको

मन्त्रीकाे यो गतिविधि भिडियोमा हेर्न सकिन्छ। भिडियोमा देखिए अनुसार एअरलाइन्सका कर्मचारीले मन्त्रीसँग अलि ठाडो शैलीमा संवाद गरेको देखिन्छ। यद्यपी मन्त्री यादव केही बोलेका छैनन्।

Comments