भरतपुरमा गोली चल्यो, केही आन्दोलनकारी र पाँच प्रहरी घाइते, घटनास्थल वरपर प्रहरी परिचालन



चितवन – राजमार्गमा तीन पांग्रे सवारीसाधन चलाउन रोक लगाएपछि आन्दोलन गर्दै आएका तीन पांग्रे सवारीसाधन चालक र प्रहरीबीच चितवनको भरतपुरमा झडप भएको छ।

आन्दोलनरत सवारीचालकले भरतपुरको केन्द्रिय बस टर्मिनल क्षेत्रमा मोटरसाइकल जलाएका छन्। घटनास्थल वरपर प्रहरी परिचालन गरिएको छ। आन्दोलनकारीले प्रहरीको गाडी पनि तोडफोड गरेका छन्।झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर केही प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर पाँच प्रहरी जवान घाइते भएका छन् । प्रहरी जवान हर्कबहादुर दराई ,नेत्र बुढाथोकी,केशव पाण्डे,सुरज विक र गोपाल पाठक घाइते भएका हुन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।प्रर्दशनमा उत्रिएका तीनपांग्रे चालक र व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका छन् । प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । आन्दोलनकारीले प्रहरी चौकिमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको चितवनका प्रहरी प्रमुख शुशिल सिंह राठौरले बताउनुभयो । प्रहरी र प्रर्दशनकारी विच पटक–पटक ढुङ्गा हानाहान समेत भएको छ ।

Comments