नगरको सवारी, विदाको दिनपनि अधिकृतको मनपरी !



पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सार्बजनिक बिदाको दिन समेत ब्यत्तिगत रुपमा सरकारी गाडीको चरम दुरुपयोग हुने गरेको छ । नगरको गाडी प्रमुख प्रशासकीय अधिकृतले दुरुपयोग गरेको भन्ने धेरै नगरबासीहरुको गुनासो पछि बुझ्ने क्रममा सो गुनासो सत्य रहेको पाईएको छ । कार्यलयमा गाडी नभएपछि के रहेछ भनेर नगरपालिका वरपरका पसलमा बुझ्दा प्राय कुनैपनि बिदामा कार्यलयको गाडी देखिदैन भन्ने गुनासो सुनिएको छ । यस्तो के कार्य रहेछ भनेर छड्के चेक गर्दा अधिकृत पुरुषेत्तम घिमिरे कार्यलय सहयोगी एक महिलासंग शनिवारको दिन दमक चौकमा घुम्ने क्रममा फेला परेका छन ।

साउन ५ गते शनिवार धरानका नगरप्रमुख तारा सुब्बाको श्रद्धाञ्जलीमा गएको नगरको गाडी कार्यलयमा १। २ बजे आईपुग्यो तर गाडिले केहिबेर पनि आराम गर्न नपाउदै अधिकृतले गाडी हुईक्याए । २ बजे आसपासमा तेल हाल्न निस्किएको गाडी ६.३० तिर कार्यलयमा प्रबेश गर्याे । ५ किलोमीटर पर पेट्रोल पम्प छ । तर त्यो गाडिले कति लामो तेल हाल्यो गाडीले नै जानोस । उर्लाबारी आईतबारेमा रहेको ओमसत्य साई पेट्रोल पम्पमा तेल हाल्न गएको गाडी हुईकेर दमक पुगेछ । दमकमा आफ्नो काम सकेर फर्केको नगरपालिकाको को १ झ ५१४ नम्वरको गाडीले लगभग ६ बजे तिर पेट्रोल पम्पमा आएर ३ हजार ९ सय २९ रूपयाँको ३४ लिटर पेट्रोल हालेको रेकर्ड भेटिएको छ ।

Comments