एजेन्सी । राजस्थानको कोटा भन्ने ठाउँमा बस्दै आएकी एक युवतीले १–२ होइन् पुरै १४ पटक विहे गरेको अनौठो खबर प्राप्त भएको छ
घटना भारतको राजस्थान राज्य अन्तर्गत पर्ने कोटा भन्ने ठाउँको हो ।
जहाँ बन्दना नाम गरेकी एक युवतीले रेकर्ड तोड्दै १४ वटा विहे गरेकी हुन् । उनलाई १४ वटै श्रीमानले आफ्नो घरमा पनि भित्र्याए । तर, सुहागरातमा भने बेहुलाले नसोचेको भइदियो । १४ वटा श्रीमानमध्ये एउटाले पनि बन्दनासँग सुहागरात मनाउन पाएनन् । उल्टै लाखौंको धनमाल गुमाए ।
खासमा सुहागरातमा बहाना बनाएर बन्दना १४ वटै श्रीमानका घरका सम्पूर्ण गरगहना र नगद पैसा लुटेर फरार हुन्थिन् । विहेको नाटक गरेर धनसम्पत्ति लुट्ने बन्दनाको यो धन्दा नै रहेछ जसमा अन्य युवती र महिलाहरुले उनलाई साथ दिएका थिए ।
अन्य महिलाहरुले सेटिङ मिलाउने र बन्दनाले विहे गरेर सुहागरातमा बहाना बनाएर लुट्ने लज्जास्पद कर्तुतको पर्दाफास प्रहरीले धेरैपछि गरेको छ । यसको पर्दाफास बन्दनाका लागि शेटिङ मिलाउने महिला पक्राउ परेपछि भयो ।
समाचार अनुसार प्रहरीले विभिन्न सहरका पाँच महिलालाई पक्रेको छ । यो अपराधमा मुख्य भुमिका निर्वाह गर्दै आएकी बन्दना भने फरार छिन् ।
१४ जनामध्येका एक कैलाशलाई यसरी लुटियो
प्रहरीका अनुसार यो गिरोहको सिकार बनेका पीडित कैलाशले भनेका छन् की टाढाका नातेदार हजारीलालले उनलाई सम्पर्क गरेर सुन्दर र सुशील युवतीसँग विहे गरिदिने वाचा गरे । (त्यो बेला कैलाश विहे गर्न केटी खोजिरहेका थिए ।) त्यसपछि उनलाई हजारीले एक गेष्ट हाउसमा बोलाए जहाँ ८ युवतीहरु र एक महिला थिइन् ।
बन्दना नाम भएकी युवतीसँग उनको विहे करिब डेढ लाख रुपैयाँमा तय भयो । सबै कुरा तय भएपछि उक्त गिरोहले माला र सिन्दुर मगाएर त्यही विहेको प्रक्रिया पुरा गरिदिए । त्यसपछि सुहागरातको मौका पारेर बन्दनाले बहाना बनाएर कैलाशलाई त्यो रात आफूबाट टाढा राखिन् । विहान जब कैलाश निन्द्राबाट ब्युझिए तब बन्दना गायब थिइन् र पछि थाहा भयो कि बन्दना उनले दिएको सुनचाँदीका गरगहना र पैसा लिएर फरार भएकी रहिछन्।-दैनिक नेपालमा समाचार छ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन् । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ । तर निरन्तरको कर्मशीलताका कारण रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा जुटाउन सकिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नसक्छ । प्रतिष्ठा प्राप्तिका लागि अलि बढी मिहिनेत र सङ्घर्ष गर्नुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यवसायको सिलसिलामा यात्रा हुनसक्छ, तर धनार्जन र रमाइलोका दृष्टिले ठूलो फाइदा जुटाउन सकिंदैन । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त गर्न गाह्रो हुन्छ । मनपर्ने भौतिक साधन जोड्ने सिलसिलामा आर्थिक सङ्कटले तनाव सिर्जना गर्न सक्छ । दाम्पत्य जीवनमा निराशा भए पनि अन्य परिवारजनको साथले उत्साहित भइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काममा अधिकारका चुनौती र प्रतिस्पर्धाको सामना गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले केही विघ्नबाधा देखा पर्न सक्छन् । विवादले मन निराश बनाए पनि निरन्तरताको मिहिनेत र परिश्रमका कारण न्यून भए पनि उपलब्धी लिन सकिने छ । काममा तल्लीनता र दत्तचित्त हुनाले दाम्पत्य र घरायसी जीवनमा उतारचढाव आउन सक्छ । व्यापारमा भनेजस्तो लाभ प्राप्त हुँदैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि बन्ने
Comments
Post a Comment