अब यो दुनियाँबाट छिटै लोप हुँदैछन् यी ६ चिजहरु, इतिहासमा मात्र सीमित रहने ! पूरा पढ्नु होस ।



एजेन्सी । प्रविधिले हाम्रो जीवनको हरेक क्षेत्रमा प्रभावित पारेको छ। एकातिर प्रविधिको कारणले नयाँ-नयाँ सुविधाहरु प्राप्त भएको छ भने अर्कातिर केही पुराना चिजहरुका अस्तित्व माथि खतराको बादल मडारिन लागेको छ।जसको कारण भविष्यमा ती चिजहरु विलुप्त पनि हुन् सक्छन्। आज हामी तपाईलाई केही यस्तै चिजहरुका बारेमा जानकारी दिन गईरहेका छौं जुन बिस्तारै गायब हुन् सक्छ…

• चकलेट-अहिले तीव्र गतिमा कोकोआको उत्पादन घटिरहेको छ। यस कारण चकलेट चाँडै बजारबाट गायब हुन सक्छ। कोकोआ चकलेट बनाउने एक कच्चा पदार्थ हो।

• सुन-यो केही व्यक्तिहरुका लागि अत्यन्तै दुखद: खबर हुन् सक्छ। पहेलो धातु बिस्तारै धर्तीको धरातलबाट गायब भईरहेको छ। यसको उत्खननसँग सम्बन्धित मानिसहरुले यस व्यवसायलाई छोडिरहेका छन्। सुनमा लगानी पनि घटिरहेको छ। अबको केही वर्षमा यसको आपूर्तिमा १५-२० प्रतिशत सम्म गिरावट आउन सक्ने अनुमान गरिएको छ।

• पैसा-५०-१०० वर्ष अघि कसैले पनि शायद कल्पना पनि गरेका थिएनन् होलान् कि पैसा(क्याश) को ठाउँ क्रेडिट कार्ड, डेबिट कार्ड र अन्य विभिन्न कार्डहरुले लिन्छ भन्ने बारे। यही रफ्तारलाई हेर्ने हो भने आगामी ५० वर्षमा लेनदेनको तरिकामा व्यापक परिवर्तन आउनेछ। अहिले पनि केही हद सम्म अनलाइन सिस्टम भएको कारण क्याशको प्रयोगमा केही कमी आएको छ। बिटकोइन जस्ता डिजिटल मुद्राहरु पनि भित्रिएको छ। यसरी बिस्तारै सारा सिस्टम अनलाइन हुदाँ बिटकोइनको प्रयोग बढ्छ र नोटको आवश्यकता नै समाप्त हुन् सक्छ।

• ट्राफिक जाम-तपाई यो सुनेर पक्कै पनि आश्चर्यचकित पर्नु भयो होला तर ड्राइभरलेस कारको आविष्कारले चाँडै नै ट्राफिक जाम सपना हुनेछ। यी कारहरु स्वचालित हुनेछन् र गल्ती पनि गर्दैनन्। यदि सबै कारहरु सुरक्षित र सही तरिकाले गुडेमा सडक जाम कसरी हुन्छ ? विचार गर्नुहोस् त।

• रिमोट कन्ट्रोल-इन्टरनेट अफ थिंग्स(आईओटी) मा भएको उल्लेखनीय प्रगतिले चाँडै रिमोटको आवश्यकता समाप्त पार्नेछ। अब तपाईले आफ्नो आवाजको मद्दतले नै च्यानल परिवर्तन गर्न सक्नुहुन्छ।

• हस्ताक्षर-चाँडै हस्ताक्षर अतीतको कुरा बन्नेछ। प्रविधिमा पछिल्लो समय लेटेस्ट एडभान्स बायोमेट्रिक्स जस्तै आइरिस, फिंगरप्रिन्ट र भ्वाइस रिकग्निसन भित्रिएका छन्। यी तरिकाहरु अत्यन्तै सुरक्षित छ किनकी हस्ताक्षर जस्तो यसको नक्कल गर्न सकिदैन्।a

Comments